साहित्य सङ्गम चितवनमा रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति
आइतबार, २८ मङ्सिर २०८२, ०६ : २७
सारांश
- साहित्य सङ्गम चितवनको १२औँ अधिवेशन चितवनमा सम्पन्न भयो।
- शशिकिरण रेग्मी (रह शर्मा) को नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरियो।
- नयाँ कार्यसमितिमा उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरू चयन भए।
चितवन । चितवनको अग्रणी साहित्य संस्था साहित्य सङ्गम चितवनको १२औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले शशिकिरण रेग्मी (रह शर्मा)को नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा विद्या भण्डारी (चिराग) सचिवमा लीलाधर पौडेल र कोषाध्यक्षमा सूर्यवदना हमाल रहेका छन् ।
त्यस्तै सदस्यहरूमा प्रकाश चापागाईँ, डा धनेश्वर भट्टराई, हरिप्रिया रिजाल, होमनाथ घिमिरे, सञ्जीव पौडेल, कृष्णबहादुर विक (सतिसाल) र रामशरण थपलिया रहेका छन् ।
अधिवेशन भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा साहित्य सङ्गमलाई निरन्तर सहयोग पुर्याउने समाजसेवीहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने आजीवन सदस्यता लिने व्यक्तित्वहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण