अझै बस्न सकेन एमाले केन्द्रीय कमिटी बैठक
आइतबार, २८ मङ्सिर २०८२, १० : १९
सारांश
- एमालेको केन्द्रीय कमिटी बैठक बिहान ९ बजेका लागि बोलाइएको भए तापनि अझै बस्न सकेको छैन।
- अध्यक्ष ओलीसहितका नेताहरू पदाधिकारीका आकांक्षीहरूसँगको भेटघाटमा व्यस्त भएका कारण बैठक ढिला भएको हो।
- पार्टी महाधिवेशन अन्तर्गत बन्दसत्र भृकुटीमण्डपमा सुरु हुँदैछ, र नयाँ नेतृत्व चयन गर्दै सोमबार समापन हुनेछ।
काठमाडौँ । बिहान ९ बजेका लागि बोलाइएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक अझै बस्न सकेको छैन । बन्दसत्र १२ः३० बजेका लागि सार्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले ९ बजे बस्ने गरी केन्द्रीय कमिटी बैठक आह्वान गरेका थिए ।
अध्यक्ष ओली विभिन्न पदाधिकारीका आकांक्षीसँगको भेटमा व्यस्त भएपछि बैठक विलम्ब हुन पुगेको हो । बैठकमा ढिलाइ भएपछि भृकुटीमण्डप पुगेका केन्द्रीय सदस्यहरू घाम तापेर गफिइरहेका छन् ।
पार्टी महाधिवेशन अन्तर्गत आजबाट एमालेको बन्दसत्र पनि भृकुटीमण्डपमा सुरु हुँदैछ । एमालेको अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलले दाबी गरेका छन् । नयाँ नेतृत्व चयन गर्दै जारी महाधिवेशन सोमबार समापन गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण