बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सर्वसाधारणका लागि पुस ७ गतेदेखि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ खुल्ने

आइतबार, २८ मङ्सिर २०८२, १३ : ००
आइतबार, २८ मङ्सिर २०८२

सारांश

  • रिलायन्स स्पिनिङ मिल्सको आईपीओ पुस ७ गतेदेखि सर्वसाधारणका लागि खुल्ने भएको छ।
  • कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बिक्री गरिसकेको छ।
  • सर्वसाधारणले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सको सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) पुस ७ गतेदेखि खुल्ने भएको छ । कम्पनीले मङ्सिर २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि साधारण सेयर बिक्री गरेको थियो । 

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले एक लाख १५ हजार ५९६ कित्ता सेयर बिक्री गरेको थियो । वैदेशिक रोजगारमा रहेकालाई खुलिसकेपछि पुस ७ गतेदेखि भने सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको हो ।  

सर्वसाधारणका लागि कम्पनीले ९ लाख २४ हजार ७६८ कित्ता सेयर खुल्न लागेको छ । कम्पनीको कुल ११ लाख ५५ हजार ९६० कित्तामध्ये एक लाख १५ हजार ५९६ कित्ता वैदेशिक रोजगारमा रहेकालाई र बाँकी सामूहिक लगानी कोष, कर्मचारीलाई छुट्टाएको छ । 

सर्वसाधारणले न्यूनतम ५० तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बुक बिल्डिङ विधिबाट कम्पनीको सेयर मूल्य सर्वसाधारणका लागि प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा तय भएको छ । यस कम्पनीको आईपीओ भर्न एक व्यक्तिलाई कम्तीमा ४१ हजार ४० रुपैयाँ आवश्यक पनेछ ।

नेपालमा बुक बिल्डिङ विधिबाट मूल्य तय भई आईपीओ निष्कासन हुनेमा यो दोस्रो कम्पनी हो । यसअघि शिवम् सिमेन्टको आईपीओ मूल्य बुक बिल्डिङ विधिबाट तय भएको थियो । रिलायन्सको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप