पुस ११ देखि काठमाडौँमा भलिबल च्याम्पियनसिप हुने
सारांश
- एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ देखि काठमाडौँमा आयोजना हुने भएको छ।
- प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा हुनेछ, जसमा पुरुषतर्फ १२ र महिलातर्फ ८ टिमको सहभागिता हुनेछ।
- विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख २५ हजार प्राप्त गर्नेछन्।
काठमाडौँ । नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ देखि काठमाडौँमा आयोजना हुने भएको छ ।
नेपाल भलिबल संघ (एनभीए) ले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नवौँ एनभीए च्याम्पियनसिप पुस ११ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगलाको कभर्डशलमा हुने जानकारी दिएको हो । प्रतियोगितामा पुरुषतर्फ कम्तीमा १२ र महिलातर्फ कम्तीमा ८ टिमको सहभागिता हुने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिए ।
प्रतियोगिताबाट शीर्ष ८ पुरुष र शीर्ष ६ महिला टिम दशौं पीएम कप एनभीए महिला तथा पुरुष राष्ट्रिय लिगमा छनोट हुने उनले बताए । च्याम्पियनसिपमा भाग लिनका लागि प्रदेश र क्लबलाई आह्वान गरिएको संघले जनाएको छ । अध्यक्ष चन्दले देशभरका खेलाडीहरूलाई प्रोत्साहन र अवसर प्रदान गर्ने गरी सबै क्लबहरूलाई सहभागी गराउने बताए ।
प्रतियोगिताको दुवैतर्फको विजेताले नगद ५ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख ५० हजार र तेस्रोले १ लाख २५ हजार प्राप्त गर्ने संघले जनाएको छ ।
त्यसैगरि सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार तथा विधागत उत्कृष्ट खेलाडीले १५–१५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । च्याम्पियनसिप लिग कम नकआउटको आधारमा खेलाइने संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण