मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

३१ किलो गाँजासहित सर्लाहीमा दुई जना पक्राउ

आइतबार, २८ मङ्सिर २०८२, १९ : ४०
आइतबार, २८ मङ्सिर २०८२

सर्लाही । जिल्लाको बरहथवा नगरपालिका वडा नम्बर १२ स्थित हरिवनबाट प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

आइतबार बिहान करिब पौने ६ बजे इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले हरिवनबाट बेल्हीतर्फ आउँदै गरेको प्रदेश–१–०२–०५२ प ३५०६ नम्बरको २२० सीसीको रातो कालो रङको पल्सर मोटरसाइकलमा सवार दुई व्यक्तिलाई शंका लागि रोकेर चेकजाँच गर्दा उनीहरूको साथबाट लागुऔषध गाँजा बरामद भएको हो ।

मोटरसाइकलको बिचमा प्लाष्टिकको बोरामा लुकाएर ल्याइएको अवस्थामा प्रहरीले उक्त गाँजा फेला पारेको थियो । 

रातो प्लाष्टिकले बेरिएको ६ पोकामा रहेको कुल ३१ केजी ५९० ग्राम गाँजासहित एक थान मोटरसाइकल, ३ थान मोबाइल ,७१,५७५ रुपैयाँ र ९ हजार ७ सय भारु एटीएम कार्ड र खैरो रङको छालाको खाली ब्याग एक थान पनि प्रहरीले बरामद गरेको छ । 

पक्राउ गरिएका व्यक्तिहरूमा लालबन्दी नगरपालिका–१४ ठुलो घुम्ने टोल बस्ने २९ वर्षका कान्छा राम स्याङतान र सोही वडाको सानो घुम्ने टोल बस्ने २५ का मान बहादुर ठोकर रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

पक्राउ परेका दुवैलाई जिल्ला अदालतबाट सात दिनको म्याद थपी इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीबाट थप अनुसन्धान भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप