देशभरका ६७० स्थानीय तहद्वारा जमिनको नक्सा अद्यावधिक
सारांश
- ६७० स्थानीय तहले जग्गाको नक्सा अद्यावधिक गरी विवरण संकलन गरे।
- ८३ स्थानीय तहले अझै काम सुरु गर्न सकेका छैनन्, अरूले मापदण्ड बनाउँदैछन्।
- असार मसान्तसम्ममा स्थानीय तहले भूमिको वर्गीकरण गरिसक्नुपर्नेछ।
काठमाडौँ । देशभरका ६७० स्थानीय तहले नक्सा अद्यावधिक गरी कित्तागत विवरण सङ्कलन गरेका छन् ।
भू–उपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने उद्देश्यले ती स्थानीय तहले नक्सा अद्यावधिक गरेका हुन् । विभिन्न कारणले ८३ स्थानीय तहले कार्य प्रारम्भ गर्न सकेका छैनन् । भू–उपयोग वर्गीकरणका लागि २६१ स्थानीय तहले आधार तथा मापदण्ड नक्सा अद्यावधिक गरी कित्तागत विवरण सम्पन्न गरेका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले १६० स्थानीय तहले आधार तथा मापदण्ड तयार गरी नक्सा अद्यावधिक गरी कित्तागत विवरण तयार गरेको जानकारी दिए ।
त्यसमध्ये सम्बन्धित स्थानीय तहले आ–आफ्नो स्थानीय तहभित्रका जग्गाको वर्गीकरण नक्सा अद्यावधिक गर्दै गरेको १५३ तथा हालसम्म आधार तथा मापदण्ड तयार गर्दै गरेका ४४ स्थानीय तह छन् । कृषि क्षेत्र मात्र ५२ स्थानीय तहले तयार पारेका छन् ।
भू–उपयोग ऐन तथा नियममा स्थानीय तहलाई भूमिको वर्गीकरणका लागि अधिकार तोकिएको छ । कृषि र गैरकृषि जग्गाको वर्गीकरण छिट्टै भएमा त्यसको आधारमा कृषियोग्य जग्गाको संरक्षण, खण्डीकरण नियन्त्रण, चक्लाबन्दी कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षाको प्रत्याभूति तथा व्यवस्थित सहरीकरण र सुरक्षित आवासको व्यवस्थापन गर्न सहज हुने पूर्वाधार विकास, प्राकृतिक स्रोत साधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सकिने मन्त्रालयले जनाएको छ ।
स्थानीय तहलाई भू–उपयोग वर्गीकरणका लागि आगामी असार मसान्तसम्म समय अवधि तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण