एमालेको कुन पदमा उम्मेदवारी दिन कति लाग्छ शुल्क ? (सूचीसहित)
सारांश
- एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुल्क तोकिएको छ।
- अध्यक्ष पदका लागि १५ हजार, पदाधिकारीका लागि १० हजार र सदस्यका लागि ५ हजार रुपैयाँ शुल्क लाग्नेछ।
- भृकुटीमण्डपमा निर्वाचन प्रक्रिया जारी छ, र आजै साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ।
काठमाडौँ । नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गर्दा लाग्ने शुल्क सार्वजनिक गरिएको छ। काठमाडौँको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियाअन्तर्गत विभिन्न पदका उम्मेदवारले तोकिएको शुल्क बुझाएर उम्मेदवारी दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।
एमालेले सार्वजनिक गरेको विवरणअनुसार केन्द्रीय अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गर्दा १५ हजार रुपैयाँ शुल्क तोकिएको छ। त्यस्तै, केन्द्रीय पदाधिकारी पदका उम्मेदवारले १० हजार रुपैयाँ बुझाउनुपर्नेछ।
केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता शुल्क ५ हजार रुपैयाँ तोकिएको छ। यसैगरी, केन्द्रीय आयोग अध्यक्ष पदका लागि १० हजार रुपैयाँ तथा केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्य पदका लागि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

हाल भृकुटीमण्डपमा एमालेको निर्वाचन प्रक्रिया जारी रहेको छ भने तोकिएका पदमा उम्मेदवारी दिन इच्छुक नेताहरू दर्ता प्रक्रियामा सहभागी भइरहेका छन्।
केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाद्वारा जारी कार्यतालिका अनुसार आज बिहान १०ः१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। त्यस लगत्तै बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारहरूको दरखास्त फाराम दर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।
दरखास्त दर्ता सकिएपछि दिउँसो २ः३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । प्रारम्भिक नामावली सार्वजनिक भएपछि उम्मेदवारविरुद्ध उजुरी दिने समय दिउँसो २ः३० बजेदेखि ३ बजेसम्म तोकिएको छ । सबै प्रक्रिया पूरा भएपछि आजै साँझ ६ः०० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
निर्वाचन तालिकाअनुसार भोलि (मंगलबार) बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ।
एमालेको ११औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको थियो भने आइतबारदेखि बन्दसत्र प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण