बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

सोमबार, २९ मङ्सिर २०८२, १७ : ०९
सोमबार, २९ मङ्सिर २०८२

सारांश

  • सरकारले डा. प्रकाशकुमार श्रेष्ठलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ।
  • मन्त्रिपरिषद् बैठकले प्रा.डा. सुनीति श्रेष्ठलाई आयोगको सदस्यमा नियुक्त गरेको छ।
  • सरकारले भारतीय रुपैयाँ २ सय र ५ सय दरका नोट प्रतिव्यक्ति २५ हजारको सीमासम्म ल्याउन दिने निर्णय गरेको छ।

काठमाडाैँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.प्रकाशकुमार श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले योजना आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।

उनकाअनुसार आयोगको सदस्यमा प्रा.डा.सुनीति श्रेष्ठ नियुक्त भएका छन् । प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजको आधिकारिताका लागि आइटिकटका रुपमा हुलाक टिकट टाँस्ने अभ्यास प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय गरेको छ ।

सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारतीय रुपैयाँ दुई सय तथा भारतीय रुपैयाँ पाँच सय दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५ हजारको सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजानसक्ने व्यवस्था गरेको बताए ।

मन्त्री खरेलले विभिन्न राजनीतिक दल र सरोकारवालाहरुसँग वार्ता गर्नको लागि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय भएको बताए ।

संवाद समितिको संयोजकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा र सदस्यमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सदस्य छन् भने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप