ओलीको प्यानलबाट उपाध्यक्ष बन्न ज्ञवालीको अस्वीकार, केन्द्रीय सदस्यमा दिए उम्मेदवारी
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी ओलीको प्यानलबाट उपाध्यक्ष बन्न अस्वीकार गरेका छन् ।
उपाध्यक्ष पद अस्वीकार गरेका ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दर्ता गरेका स्रोतको भनाइ छ । ‘उहाँले उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छैन । केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएर निस्कनुभएको छ,’ स्रोतले भन्यो ।
उनी अध्यक्ष केपी ओलीको प्यानलबाट महासचिव पदको आकांक्षी रहेका थिए । तर उक्त पद नपाउने भएपछि असन्तुष्ट बनेका हुन् ।
ओलीको प्यानलबाट महासचिव शंकर पोखरेलले नै महासचिवमा निरन्तरता पाएका छन् । ज्ञवालीलाई ओलीले उपाध्यक्ष पदमा मनाउन बिहान आफ्नै निवास गुन्डुमा प्रयास गरेका थिए । तर महासचिवबाहेक अन्य पदमा नउठ्ने ज्ञवालीले अडान राखेका थिए । उनी दिउँसो महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया नदिई बन्दसत्र हलमा प्रवेश गरेका थिए ।
ओलीकै पक्षमा रहेका नेताहरूले विद्रोह गर्न थालेपछि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका संशोधन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण