के प्रत्यक्ष निर्वाचित कार्यकारी निरङ्कुश नै हुन्छ ?
सारांश
- नेपालमा शासकीय स्वरूपबारे बहस चलिरहेको छ, जसमा प्रत्यक्ष निर्वाचित कार्यकारीको विषयमा जोड दिइएको छ।
- विभिन्न राजनीतिक दलहरूले फरक-फरक शासकीय प्रणालीको वकालत गर्दै आएका छन्, तर अस्थिरता र अवसरवादका कारण संसदीय व्यवस्था असफल भएको अनुभव छ।
- लेखमा प्रत्यक्ष निर्वाचित कार्यकारीको सम्भावित फाइदा र चुनौतीहरूमाथि प्रकाश पारिएको छ, र नेपालका लागि उपयुक्त शासकीय मोडल खोज्नुपर्ने कुरा उल्लेख छ।
पहिलो तथा दोस्रो संविधानसभाको कार्यकालमा नेपालको शासकीय स्वरूप अन्तर्गत प्रत्यक्ष निर्वाचित कार्यकारी कि संसद्बाट निर्वाचित प्रधानमन्त्री भन्ने बारे बहस चर्को रूपमा मुखरित भएको थियो । संविधान सुझाव सम्बन्धी समितिले जनतामा सुझाव लिने क्रममा पनि देशैभरबाट अत्यधिक जनताले प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा आफ्नो सुझाव जाहेर गरेका थिए । केही समय मत्थर देखिएको यो बहस पछिल्लो जेनजी आन्दोलनसँगै फेरी सतहमा आएको छ ।
तत्कालीन समयका प्रमुख राजनीतिक शक्तिहरू मध्ये नेकपा (माओवादी) र मधेसवादी दलहरू प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा थिए । नेकपा (एमाले) प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा थियो भने नेपाली काँग्रेस संसदीय व्यवस्था अन्तर्गतको संसद्बाट निर्वाचित प्रधानमन्त्रीको पक्षमा उभिएको थियो । तर संविधान निर्माणको चरणसम्म पुग्दा राजनीतिक शक्ति सन्तुलनका कारण अहिलेको संसदीय व्यवस्था नै कायम हुन पुग्यो । जसको सकारात्मक र नकारात्मक पाटोको विषयमा हामी भुक्तभोगी नै छौँ ।
नेपालले संसदीय राजनीतिको अभ्यासमा गरेको अनुभव अनुसार त्यसको प्रमुख चरित्र नै अस्थिरता र अवसरवाद नै देखिएको छ । काँग्रेस वा कम्युनिस्ट दुवै शक्तिले पाएको स्पष्ट बहुमतको कहिले पनि सदुपयोग हुन सकेन । नेपाली काँग्रेस ०४८ र ०५६ सालमा चुक्यो भने कम्युनिस्टहरू ०६४ को संविधानसभा र ०७४ मा चुक्न पुगे । अहिले कुनै पनि विचारधाराको एकल बहुमत पुग्ने सम्भावना क्षीण छ ।
नेपालमा निरन्तर देखिने पार्टीहरूको अस्वाभाविक विभाजन, गठबन्धन, राजनीतिक अस्थिरता, अवसरवादी चरित्र, निर्वाचनको टिकट र राजनीतिक तथा संवैधानिक नियुक्तिमा हुने मोलमोलाइ ठुला समस्या हुन् ।
कुनै पनि शासकीय प्रणाली आफैमा खराब हुँदैन । तर त्यसको प्रयोगले सफलता र असफलताको मापन भने गर्नै पर्ने हुन्छ । नेपालको सन्दर्भमा संसदीय व्यवस्थाको अभ्यास संसदीय मर्यादा र संस्कार अनुसार हुनै सकेन । यसलाई नैतिकताको कसीमा भन्दा पनि अङ्क गणितको खेलका रूपमा मात्र बुझियो र प्रयोग गरियो । जसकारण पार्टीहरूले पाएको एकल बहुमतको सरकार पनि पूरा कार्यकाल टिक्न सकेन ।
नेपालमा निरन्तर देखिने पार्टीहरूको अस्वाभाविक विभाजन, गठबन्धन, राजनीतिक अस्थिरता, अवसरवादी चरित्र, निर्वाचनको टिकट र राजनीतिक तथा संवैधानिक नियुक्तिमा हुने मोलमोलाइ ठुला समस्या हुन् । यी समस्याको मूलमा नेपाली राजनीतिमा देखिरहेको अन्त्यहीन राजनीतिक सङ्क्रमण छ । यो शासकीय स्वरूपसँग जोडिएको विषय हो । जसमा सरकार गठन र सञ्चालनको प्रमुख भूमिका रहेको हुन्छ ।
हामीले अभ्यास गरिरहेको संसदीय व्यवस्था सफल हुन्थ्यो भने पक्कै पनि पटक–पटक देशले ठुला आन्दोलन र विद्रोहको सामना गर्नु पर्दैन थियो होला । विद्यमान व्यवस्थाले उचित परिणाम निकाल्न नसक्दा नै अकल्पनीय रूपमा असन्तुष्टिहरू सडकमा पोखिने गरेका छन् । पछिल्लो बलशाली जेनजी आन्दोलन र त्यसको ठुलो क्षति सत्ताको गलत अभ्यास कै परिणाम हो ।
नयाँ पुस्ताले गरेको विद्रोह पछिको माग नै शासकीय प्रणालीमा सुधार र सुशासन हुनुपर्यो भन्ने हो । यसरी अहिले शासकीय प्रणालीको विषयमा सबै पक्षबाट भइरहेको बहसलाई सकारात्मक नै मान्नुपर्छ । अहिले केही स्थापित मिडिया र बुद्धिजीवीहरूले व्यवस्थित बहस चलाइरहेका छन् । केही राजनीतिक शक्तिहरू यसलाई चुनावी एजेण्डा बनाएर जाने तयारीमा पनि देखिन्छन् ।
अब नेपालमा अभ्यास हुन बाँकी यही एउटा विकल्प मात्र छ । संवैधानिक राजतन्त्र, सक्रिय राजतन्त्र, दलविहीन राणा व्यवस्था र पञ्चायत, बहुदलीय संसदीय व्यवस्था सबै अभ्यास भइसकेपछि आजको प्रत्यक्ष निर्वाचित कार्यकारीको बहस अगाडि आएको हो ।
गैरसंसदीय वा अध्यक्षात्मक प्रणाली अन्तरगतको कार्यकारी प्रणालीमा राष्ट्रपति शक्तिशाली सरकार प्रमुख हुन्छ । त्यसलाई मन्त्रिमण्डल गठन गर्दा सांसदहरू समावेश गर्नै पर्छ भन्ने बाध्यता हुँदैन ।
संसदीय राजनीतिमा विकृति देखिएका कारण नौलो विकल्पका रूपमा अगाडी सारिएको यस्तो बहसलाई एक प्रकारको अतिमा बुझ्ने गरेको पनि पाइन्छ । प्रत्यक्ष निर्वाचित कार्यकारीलाई घोषित अवधिसम्म चलाउन नसकिने हुँदा अधिनायकवादी बन्छ भन्ने तर्क गर्ने गरिएको छ । कुनै सनकी मान्छे कार्यकारी निर्वाचित भयो भने देश दुर्घटनामा जान्छ भन्ने गरिएको छ । विविधतामूलक समाजमा एउटा व्यक्ति शक्तिशाली बन्ने कुरा राम्रो होइन भन्ने गरेको पनि पाइन्छ ।
प्रश्नरहित कुनै व्यवस्था हुँदैन भन्ने अर्को सत्य हो । निश्चय पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमाथि पनि थुप्रै शङ्का र प्रश्नहरू हुन सक्छन् । यसको पुष्टि प्रयोग गरेपछि मात्र हुन सम्भव छ । प्रत्यक्ष निर्वाचित कार्यकारी हुने प्रणाली वंशमा आधारित अनिर्वाचित राजतन्त्र जस्तो होइन । यो जननिर्वाचित व्यक्ति सरकार वा राज्यको प्रमुख हुने प्रणाली हो । यो जनप्रतिनिधि संस्था वा संसद्भन्दा पनि जनताप्रति सोझै उत्तरदायी हुन्छ । यसलाई अविश्वासको प्रस्तावद्वारा सामान्य बहुमतले अपदस्त गर्न सकिँदैन ।
गैरसंसदीय वा अध्यक्षात्मक प्रणाली अन्तरगतको कार्यकारी प्रणालीमा राष्ट्रपति शक्तिशाली सरकार प्रमुख हुन्छ । त्यसलाई मन्त्रिमण्डल गठन गर्दा सांसदहरू समावेश गर्नै पर्छ भन्ने बाध्यता हुँदैन । सांसद वा गैरसांसद जो कोहीलाई मन्त्रीमा नियुक्ति गर्न सक्छ । विज्ञहरूको मन्त्रिमण्डल गठन गर्न सक्छ । यहाँ संसद्को भूमिका नीति निर्माणमार्फत सरकारलाई दबाबमा राख्नु मात्र हुन्छ । सरकार बनाउने भूमिकामा संसद् रहँदैन ।
विपक्षीहरूको विश्वास नजिती काम गर्न नसक्ने अवस्था आउन सक्छ । त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा राष्ट्रपति कमजोर हुँदा भिटो प्रयोग गर्ने अधिकार सुरक्षित गरिएको हुन्छ ।
सरकारको नीति तथा कार्यक्रम एवं बजेट जस्ता महत्त्वपूर्ण विषयहरूमा संसद्ले छड्के परीक्षण गर्न सक्छ । जनताबाट ‘भिटो पावर’ बोकेर आएको सरकार प्रमुख अधिनायकवादी बन्न खोजेको अवस्थामा संसद्ले अङ्कुश लगाउन सक्छ । अर्का पटकको निर्वाचनमा जनताले पराजय गर्न सक्छन् । कहिलेकाहीँ सरकार प्रमुख शक्तिशाली हुन पुगेको अवस्थामा उसको पार्टी संसद्मा कमजोर हुनसक्छ । विपक्षीहरू शक्तिशाली बन्न सक्छन् ।
त्यसो हुँदा विपक्षीहरूको विश्वास नजिती काम गर्न नसक्ने अवस्था आउन सक्छ । त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा राष्ट्रपति कमजोर हुँदा भिटो प्रयोग गर्ने अधिकार सुरक्षित गरिएको हुन्छ । अधिनायकवादी बन्ने अवस्थामा संसद्मा महाअभियोगको व्यवस्था सुरक्षित गरिएको हुन्छ । यसरी सन्तुलन कायम गरिएको प्रणालीलाई एकाङ्गी रूपमा निरङ्कुशतासँग मात्र जोड्न खोज्नु न्यायोचित देखिँदैन ।
त्यसो त गैरसंसदीय व्यवस्था भन्ना साथ प्रत्यक्ष निर्वाचित कार्यकारी भन्ने मात्रै हुँदैन । मिश्रित प्रणाली पनि हुन्छ । त्यसलाई फ्रान्सेली मोडल भनेर पनि चिनिन्छ । जसमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसद्बाट निर्वाचित प्रधानमन्त्री हुन्छ । राष्ट्रपति र प्रधानमन्त्रीको कार्यक्षेत्र र अधिकारको स्पष्ट बाँडफाँट गरिएको हुन्छ । प्रधानमन्त्री सैद्धान्तिक रूपमा संसद्प्रति उत्तरदायी हुन्छ ।
नेपालले आजसम्म अभ्यास गरेको प्रणाली संसदीय सर्वोच्चता रहने वेष्टमिस्टेरियल प्रणाली हो । त्यसैको विकल्पको खोजीमा अहिले बहस चलिरहेको छ ।
अर्को विकल्पका रूपमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था पनि हुनसक्छ । स्थिर सरकारका रूपमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री तथा राज्यप्रमुखका रूपमा संसद्बाट निर्वाचित राष्ट्रपतिको व्यवस्था गरेर पनि नेपालमा कायम रहेको राजनीतिक अस्थिरता र सङ्क्रमणलाई हल गर्न पनि सकिन्छ ।
कुनै समय मध्यपूर्वका शक्तिशाली राष्ट्र इजरायलले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अभ्यास गरेको थियो । अहिले भने यस्तो शासकीय स्वरूपको अभ्यास विश्वको कुनै पनि देशमा छैन । हाल विश्वमा संसद्बाट निर्वाचित प्रधानमन्त्री रहने ‘वेष्टमिनिस्टेरियल’ प्रणाली, प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा अध्यक्षात्मक प्रणाली र मिश्रित प्रणाली अभ्यासमा रहेका छन् ।
नेपालले आजसम्म अभ्यास गरेको प्रणाली संसदीय सर्वोच्चता रहने वेष्टमिस्टेरियल प्रणाली हो । त्यसैको विकल्पको खोजीमा अहिले बहस चलिरहेको छ । यी शासकीय स्वरुपका आ–आफ्नै निर्वाचन प्रणालीहरू रहेका छन् । अमेरिकाको राष्ट्रपतीय निर्वाचन प्रणालीमा जनताले सोझै राष्ट्रपतिका उम्मेदवारलाई भोट हाल्ने व्यवस्था छैन । त्यहाँ ’इलेक्टोरल कलेज’ मार्फत राष्ट्रपतिको निर्वाचन हुन्छ ।
जनताले ५ सय ३८ इलेक्टोरलाई विभिन्न राज्यबाट राष्ट्रपति छान्नका लागि निर्वाचित गर्छन् । त्यस मध्ये २ सय ७० इलेक्टोरको समर्थन प्राप्त गर्ने व्यक्ति नै राष्ट्रपति निर्वाचित हुन्छ । तर निर्वाचित राष्ट्रपति शक्तिशाली सरकार प्रमुख र राज्यप्रमुखका रूपमा रहन्छन् । त्यसै गरी ब्राजिल, चिली, मेक्सिको, भेनेजुएला, दक्षिण कोरिया, मालदिभ्स, श्रीलङ्का लगायतका देशहरूमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति रहेका छन् ।
अहिले नेपालमा चलिरहेको बहस भनेको जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको हो । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भए त्यहाँ राष्ट्रपतिको भूमिका राज्य प्रमुखको रूपमा आलङ्कारिक मात्र हुन्छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएमा सरकार प्रमुख र राज्य प्रमुख दुवै एउटै व्यक्ति हुन्छ ।
आफ्ना एजेन्डा लिएर गएका उम्मेदवारहरूमध्ये जनताको प्रत्यक्ष मत मार्फत स्पष्ट बहुमत ल्याउने उम्मेदवार नै विजयी हुने प्रणाली नेपालको हकमा उपयुक्त हुन्छ ।
राजनीतिक अस्थिरताको दुष्चक्र अन्त्यका लागि नेपाललाई पाँच वर्ष वा निश्चित समयसम्म टिक्न सक्ने शासकीय स्वरूपको आवश्यकता छ । त्यो भनेको यी दुई विकल्प या फ्रान्सेली शैलीको मिश्रित प्रणालीबाट मात्रै सम्भव छ । कार्यकारी प्रमुखको निर्वाचन प्रणाली अपनाउँदा निर्वाचक मण्डलबाट नभएर जनताबाट प्रत्यक्ष निर्वाचित हुने प्रणाली अपनाउनु उपयुक्त हुन्छ । त्यसो गर्दा प्रत्येक जनताको आफ्नो भावना र अपनत्व जोडिएको हुन्छ ।
आफ्ना एजेन्डा लिएर गएका उम्मेदवारहरूमध्ये जनताको प्रत्यक्ष मत मार्फत स्पष्ट बहुमत ल्याउने उम्मेदवार नै विजयी हुने प्रणाली नेपालको हकमा उपयुक्त हुन्छ । उम्मेदवारहरूमध्ये पहिलो चरणमा कसैले स्पष्ट बहुमत ल्याउन नसकेको अवस्थामा दोस्रो चरणमा प्रमुख दुई प्रतिस्पर्धीको निर्वाचन गराउन सकिन्छ । उम्मेदवारहरू मध्ये पहिलो हुनेलाई निर्वाचित गरेमा बहुमतको भावनाको प्रतिनिधित्व नहुने परिस्थिति पनि बन्न सक्छ ।
सबै क्षेत्र, जाती, लिङ्ग र भाषाको सुनिश्चित सहभागिताका लागि पूर्ण समानुपातिक जनप्रतिनिधि संस्था तथा स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी नै नेपालका लागि सबैभन्दा उपयुक्त मोडल हुन सक्छ । बारम्बारको निरङ्कुशताले अत्तालिएको नेपाली समाज प्रत्यक्ष निर्वाचित कार्यकारीको नयाँ प्रयोगमा जाने बित्तिकै अधिनायकवादी शासनमा फस्ने त होइन भनेर चिन्तित हुनु स्वाभाविकै हो ।
आजको हाम्रो राजनीतिको महारोग चरम अस्थिरता नै हो । अस्थिरताको यस्तो दुष्चक्रबाट देशलाई मुक्त गर्न अब विविधताको बिचबाट पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थामा जानुको विकल्प नै छैन । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको बीचमा हुने आपसी नियन्त्रण र सन्तुलनका लागि प्रशस्त बहस गर्न सकिन्छ ।
उचित विधि अवलम्बन गर्दै प्रत्यक्ष कार्यकारी प्रमुख अधिनायक बन्नबाट रोक्न सकिन्छ । जनताको मत नै सबैभन्दा शक्तिशाली हुने सुनिश्चित भएपछि नेतृत्व अद्यावधिक नहुने भन्ने पक्कै हुँदैन । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र अधिनायकवादलाई एउटै तुलामा जोख्नु गलत हुन्छ । तसर्थ अस्थिरताको अन्त्यका लागि अब हिम्मतसाथ निर्णय गर्नै पर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण