बहुप्रतिक्षीत मैथिली फिल्म ‘कलकतियावाली’ जनकपुरधाममा रिलिज हुने
जनकपुरधाम । बहुप्रतिक्षित मैथिली फिल्म ‘कलकतियावाली’ जनकपुरधाममा रिलिज हुने भएको छ । फिल्मका निर्देशक अरुण विजयाले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत आगामी पुस ४ गते जनकपुरधामस्थित आशा सिनेमा हलबाट फिल्म प्रदर्शनमा ल्याइने जानकारी दिएका हुन् ।
सेन्सर पास गरेपछि पहिलोपटक जनकपुरधामको सिनेमा हलबाट फिल्म रिलिज गर्न लागिएको निर्देशक विजयाले बताए । उनका अनुसार जनकपुरधामपछि नेपालभर रहेका मैथिली दर्शक बढी भएका सिनेमा हलहरूमा समेत फिल्म क्रमशः रिलिज गरिनेछ ।
सामाजिक कथावस्तुमा आधारित मैथिली फिल्म ‘कलकतियावाली’ यसअघि विभिन्न स्थानमा प्रदर्शन भइसकेको भए पनि सिनेमा हलमार्फत पहिलोपटक जनकपुरधाममा रिलिज हुन लागेको हो ।
लभ यु मिथिलाको ब्यानरमा निर्माण गरिएको यस फिल्ममा श्याम शशी, इशिका भुजेल र रामनारायण ठाकुरको अभिनय छ । प्रमोद मनोजको संगीत रहेको फिल्मका सबै गीतहरू सुपरहिट भइसकेका छन् ।
दर्शकको सकारात्मक चासो र प्रतिक्रियालाई मध्यनजर गर्दै २८ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको फिल्म ‘कलकतियावाली’ मैथिली सिनेमा जगतमा एउटा माइलस्टोन सावित हुने विश्वास निर्माण टिमले व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण