आईपीएल अक्सन : छैटौँ सेटका सबै अनक्याप्ड ब्याट्सम्यान अनसोल्ड
सारांश
- आबू धाबीमा जारी आईपीएल मिनी लिलामीमा १० टोलीले खेलाडी किन्न बोलकबोल गर्दैछन्।
- छैटौं सेटमा रहेका ६ अनक्याप्ड ब्याट्सम्यानहरूमध्ये कोही पनि बिकेनन्।
- स्पिनरहरूको सेटमा रवि बिश्नोई र अकील हुसेन मात्रै बिक्री भए।
आबू धाबी । इन्डियन प्रिमियर लिग (आईपीएल) को मिनी लिलामी आबू धाबीमा जारी छ। यस लिलामीमा १० वटा टिमले ७७ खेलाडीहरूलाई किन्नका लागि बोली लगाइरहेका छन्।
लिलामीको छैटौँ सेट अनक्याप्ड ब्याट्सम्यान (जसले अन्तर्राष्ट्रिय खेल खेलेका छैनन्) हरूको थियो। यस सेटमा ६ खेलाडीहरूको नाम अक्सन पूलमा ल्याइएको थियो। यी सबै खेलाडीहरू - आर्या देसाई, यश धुल, अभिनव मनोहर, अनमोलप्रीत सिंह, अथर्व तायडे र अभिनव तेजराना 'अनसोल्ड' रहे।
- पाँचौँ सेटमा दुई स्पिनर बिके
पाँचौँ सेट स्पिन बलरहरूको थियो। पाँच खेलाडीको यस सेटमा दुई जना मात्र बिके। भारतीय लेग स्पिनर रवि बिश्नोईलाई राजस्थान रोयल्सले ७.२० करोड भारुमा खरिद गर्यो।
वेस्ट इन्डिजका स्पिनर अकील हुसेनलाई चेन्नई सुपर किंग्सले २ करोड भारु मा आफ्नो टिममा समावेश गर्यो।
यस सेटमा अफगानिस्तानका मुजीब उर रहमान, श्रीलङ्काका महीश तीक्ष्णा र भारतका राहुल चहर माथि भने कुनै पनि टिमले बोली लगाएनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण