मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

महोत्तरी–२ बाट लोसपाका शरत् सिंह भण्डारी एकल सिफारिस

मङ्गलबार, ०१ पुस २०८२, २० : २३
मङ्गलबार, ०१ पुस २०८२

बर्दिबास । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले महोत्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट पार्टीका वरिष्ठ नेता शरत सिंह भण्डारीको नाम प्रत्यक्षतर्फ एकल रूपमा सिफारिस गरेको छ ।

आज बसेको पार्टीको क्षेत्रीय भेलाले भण्डारीलाई प्रतिनिधि सभा सदस्यका लागि सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो । भेलामा सहभागी नेताहरूले महोत्तरी–२ मा पार्टीलाई सशक्त रूपमा अघि बढाउन भण्डारी उपयुक्त उम्मेदवार भएको निष्कर्ष निकालेका छन् । 

लोसपाका नेताहरूले भण्डारीको लामो राजनीतिक अनुभव, संगठन निर्माणमा खेलेको भूमिका तथा मधेसका मुद्दामा देखाएको प्रतिबद्धताका आधारमा एकल नाम सिफारिस गरिएको बताएका छन् । क्षेत्रीय भेलाको निर्णयसँगै उक्त नाम पार्टी केन्द्रीय समितिमा पठाउने तयारी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप