युनिकोड र प्रिति फन्टको प्राविधिक समस्याले मंगलबार मतदान हुन सकेन: महासचिव पोखरेल
सारांश
- एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार हुने भनिएको मतदान प्राविधिक समस्याका कारण स्थगित भयो।
- निर्वाचन आयोगले तयार पारेको उम्मेदवार नामावलीमा युनिकोड र प्रिति फन्टको समस्या देखिएपछि मतदान स्थगित गरिएको हो।
- एमाले महासचिव शंकर पोखरेलका अनुसार, मतदान बुधबार बिहान ८ बजेदेखि सुरु हुनेछ।
काठमाडौँ। नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि मंगलबार हुने भनिएको मतदान प्राविधिक समस्याका कारण स्थगित भएको छ । निर्वाचन आयोगले तयार पारेको उम्मेदवार नामावलीमा युनिकोड र प्रिति फन्ट मिश्रित रूपमा प्रयोग हुँदा समस्या देखिएपछि मतदान बुधबार बिहान ८ बजेदेखि सुरु गर्ने निर्णय गरिएको एमाले महासचिव शंकर पोखरेलले बताएका छन् ।
महासचिव पोखरेलका अनुसार नामावलीलाई पूर्ण रूपमा युनिकोडमा रूपान्तरण गरी रुजु गर्न समय लाग्ने भएपछि मंगलबार निर्वाचन प्रक्रिया अघि बढ्न सकेन । उनले आयोगको निर्देशनअनुसार मतदान एक दिनका लागि स्थगित गरिएको स्पष्ट पारेका छन् ।
पोखरेलले फेसबुकमार्फत लेखेका छन्, ‘निर्वाचन आयोगले तयार गरेको उम्मेदवार नामावलीमा युनिकोड र प्रिति फन्ट मिश्रित रूपमा प्रयोग भएकाले त्यसलाई पुनः युनिकोडमा रूपान्तरण र रुजु गर्न समय लाग्ने प्राविधिक समस्या उत्पन्न भयो। यही कारण निर्वाचन आज सुरु गर्न नसकिएपछि आयोगको निर्देशनअनुसार मतदान भोलि बिहानबाट सुरु गर्ने गरी स्थगित गरिएको हो।’
उनका अनुसार मंगलबारको मतदान सार्न वरिष्ठ उपाध्यक्षले आयोगलाई अनुरोध समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण