जनकपुरधाममा नेपाल–भारत गोलमेच छलफल
जनकपुर । भारत र नेपालबिच नयाँ प्रविधि तथा स्टार्टअप क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित भारत–नेपाल सहकार्य विषयक गोलमेच छलफल जनकपुरधाममा सफलतापूर्वक सम्पन्न भएको छ ।
भारतको वीरगञ्जस्थित महावाणिज्य दूतावास र नेपाल यंग इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) का वीरगञ्ज तथा जनकपुरधाम अध्यायहरूको सहकार्यमा पीएचडीसीसीआई भारत नेपाल सेन्टरद्वारा आयोजित यस कार्यक्रममा स्टार्टअप संस्थापकहरू, युवा उद्यमीहरू तथा एमएसएमई (साना तथा मझौला उद्यम) प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा ४० भन्दा बढी प्रतिनिधिहरू उपस्थित थिए । कार्यक्रमलाई सम्बोधन गर्दै विरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासका महावाणिज्य दुत देवीसहाय मिणाले भारत–नेपालबिच नयाँ प्रविधि र स्टार्टअप क्षेत्रमा सहकार्य विस्तार गर्न यस्ता संवाद कार्यक्रमहरू अत्यन्त महत्वपूर्ण हुने बताए । उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), सूचना प्रविधि तथा आईटी सक्षम सेवामा भारतको अनुभव र क्षमता नेपाली उद्यमीहरूका लागि अत्यधिक लाभदायक हुने उल्लेख गरे ।
यस कार्यक्रमले दुवै देशका उद्यमीहरूबीच ज्ञान आदानप्रदान, साझेदारी र लगानीका नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ । भारत–नेपालबीचको आर्थिक तथा प्राविधिक सहकार्यलाई मजबुत बनाउँदै मधेस प्रदेशलाई स्टार्टअप हबको रूपमा विकास गर्न यस्ता पहलहरूले महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण