अम्बानीको ‘वनतारा’ पुगे मेस्सी, गरे आरती (तस्बिरहरु)
सारांश
- फुटबल स्टार लियोनल मेस्सीले भारत भ्रमणमा अनन्त अम्बानीको वन्यजन्तु उद्धार केन्द्रको अवलोकन गरे।
- मेस्सीले अनन्त अम्बानी र राधिका मर्चेन्टसँग आरतीमा भाग लिए र भगवानको मूर्तिमा ढोग गरे।
- उनले हात्तीको छावासँग फुटबल खेले र अम्बानी परिवारको वन्यजन्तु संरक्षण प्रयासको प्रशंसा गरे।
जामनगर । विश्व फुटबलका स्टार लियोनेल मेस्सीले भारत भ्रमणका क्रममा अनन्त अम्बानीको वन्यजन्तु उद्धार तथा संरक्षण केन्द्र ‘वनतारा’ को अवलोकन गरेका छन्। मेस्सीको यस भ्रमणका तस्बिरहरू बुधबार राति सार्वजनिक गरिएका हुन्।
_lYBsfmRbZR.jpg)
भ्रमणका क्रममा मेस्सीले अनन्त अम्बानी र उनकी पत्नी राधिका मर्चेन्टसँगै आरतीमा सहभागी हुनुका साथै भगवानको मूर्ति अगाडि ढोग गरेका थिए। मेस्सीसँगै उनका क्लबका सहयात्री फुटबल खेलाडी लुइस सुआरेज र रोड्रिगो डि पल पनि वनतारा पुगेका थिए।
मेस्सीले त्यहाँको एलिफेन्ट केयर सेन्टरमा दुई वर्षअघि उद्धार गरिएको बिरामी हात्ती ‘प्रतिमा’ को छावा मणिकलालसँग फुटबल खेलेर रमाइलो गरे। विश्वकै उत्कृष्ट फुटबलरले हात्तीको छावासँग बल साटासाट गरेको दृश्य निकै आकर्षक देखिएको थियो।
_dCUXkylInf.jpg)
यसै अवसरमा अनन्त र राधिका अम्बानीले संरक्षण केन्द्रमा रहेको एउटा सिंहको डमरुको नाम मेस्सीको सम्मानमा ‘लियोनेल’ राखेका छन्। वनतारा भ्रमणका क्रममा मेस्सीले वन्यजन्तु संरक्षणका लागि अम्बानी परिवारले गरेको प्रयासको प्रशंसा समेत गरे।
_SL54e1Dn8v.jpg)
_0BT4yuNZoj.jpg)
_X6lBGfwF1m.jpg)
_5rZ1cA5kT3.jpg)
_Lb0jzmSkq6.jpg)
_xiLRwEVAUZ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण