काठमाडौँ-७ बाट कांग्रेसका १९ उम्मेदवार सिफारिस
सारांश
- काठमाडौं क्षेत्र नम्बर-७ बाट नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि १९ जना उम्मेदवार सिफारिस गरेको छ।
- समानुपातिकतर्फ १० जना र राष्ट्रियसभा सदस्यका लागि ४ जनाको नाम सिफारिस गरिएको छ।
- सिफारिसमा नेविसंघका पूर्वमहामन्त्री सरोजकुमार थापा लगायतका नेताहरूको नाम समावेश छ।
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर-७ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट १९ उम्मेदवार सिफारिस भएका छन् । पार्टी केन्द्रले दुई पुरुष र एक महिला मात्र सिफारिस गर्न भने पनि काठमाडौँ–७ ले १९ जनाको नाम सिफारिस गरेको हो ।
क्षेत्रीय समितिका अनुसार सिफारिस भएकामा नेविसंघका पूर्वमहामन्त्री सरोजकुमार थापा, पूर्वउपाध्यक्ष प्रमोदहरि गुरागाईं, विनोद पन्त, सबिन तामाङ, पुनम लामा, सुशील भट्ट, धर्मराज अर्याल, नीलकाजी शाक्य, सुरेन्द्र श्रेष्ठ, अन्जुसिंह चौधरी, दक्ष पौडेल, दिवा शिवाकोटी, गीता न्यौपाने, गोविन्दप्रसाद शर्मा, इन्द्रलाल सिंह, प्रशान्तमान सिंह मास्के, राजीव श्रेष्ठ, डा.रामशरण थपलिया र शर्मिला फुयाँल रहेका उम्मेदवार सिफारिस भएका थापाले जानकारी दिए ।
त्यस्तै प्रतिनिधिसभामा समानुपातिकतर्फ १० जनाको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ प्रमिलादेवी सिंह डंगोल, विजयबहादुर माली,वासुदेव लामा, कमला राजभण्डारी, अन्जना मास्के, मनोज राना, सरला कोइराला आचार्य, डा.शशी थापा, सिर्जना लामिछाने र हेराकाजी प्रजापतिको नाम सिफारिस भएको छ ।
समितिले राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि पार्टीका काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ (सबुज) सिताराम केसी, डिल्लीराम नकर्मी, नगेन्द्रध्वज कार्की र गोमादेवी पौडेलको नाम सिफारिस गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण