ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए
काठमाडाैँ । अग्रता जोगाउन नसक्दा भूटानको ट्रान्सपोर्ट युनाइटेडले साफ महिला क्लब च्याम्पियनसिपमा पहिलो जित निकाल्दै प्रतियोगिताको सुखद् अन्त्य गर्ने अवसर गुमाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवार ट्रान्सपोर्ट बंगलादेशको नासरिन एफसीसँग १–१ को बराबरी नतिजा सामना गर्न बाध्य भएको छ ।
पाँच टोली सहभागी च्याम्पियनसिपमा दुवै टोली पहिलो जित र गोल गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएका थिए । लिगको अन्तिम खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगिताको अन्त्य गर्न चाहन्थे । तर, अन्तिम समयमा अग्रता गुमाएपछि ट्रान्सपोर्ट जित निकाल्न असफल भएको हो । खेल सकिन तीन मिनेट बाँकी छँदा नासरिनले गोल गर्यो ।
ट्रान्सपोर्टका लागि कप्तान पेमा छोदेन छिरिङल र नासरिनकी सौरभी प्रीतिले गोल गरे । ट्रान्सपोर्टले १२ औं मिनेटमा गोल गर्ने उत्कृष्ट अवसर बुन्यो । दोर्जी इडोनले पेनाल्टी बक्सबाट गरेको प्रहार नासरिनकी गोलकिपर मेघला रानी रोयले उत्कृष्ट बचाउ गरिन् ।
एक मिनेटपछि नै नासिरिनले पनि पहिलो अवसर बनायो । तर, पेनाल्टी बक्स बाहिरबाट तृष्ण रानीको प्रहार ट्रान्सपार्टकी गोलकिपर संगीता मोङ्गेरले उत्कृष्ट बचाउ गरिन् । २३ औँ मिनेटमा ट्रान्सपोर्टले गोल गर्ने उत्कृष्ट अवसर गुमायो ।
नासरिनकी गोलकिपर मेघला रानी चौधरी नै बिट भएको अवस्थामा कप्तान पेमा छोदेन छिरिङको क्रसमा देकी लाजोमले भेट्टान सकिनन् । २८औं मिनेटमा नासरिनकी गोलकिपर मेघलाले लाजोमकै हेडरलाई उत्कृष्ट बचाउ गरिन् । ६ मिनेटपछि नै ट्रान्सपोर्टकी गोलकिपर संगीता मोङ्गेरले पनि असफल पारिन् ।
सौरभीको प्रीतिले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहारलाई उनले खुट्टाले रोकिन् । ट्रान्सपोर्टले ३८औं मिनेटमा कप्तान पेमाको उत्कृष्ट गोलबाट अग्रता लियो । यो नै ट्रान्सपोर्टको लागि यस च्याम्पियनसिपमा पहिलो गोल रह्यो । दोर्जी इडोनको पास सदुपयोग गर्दै उनले पेनाल्टी बक्सबाहिरबाट दोस्रो बार च्याप्दै उत्कृष्ट गोल गरिन् ।
पहिलो हाफमा ट्रान्सपोर्ट १–० ले अगाडि रह्यो । ५८औं मिनेटमा सौरभीले एकल प्रयासमा उत्कृष्ट अवसर बुनिन् । तर, उनको प्रहार ट्रान्सपोर्टकी गोलकिपर संगीताले मुस्किलले उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीको संकट टारिन् । ६२ औँ मिनेटमा ट्रान्सपोर्टको अग्रता दोब्बर बनाउने प्रयास सफल भएन ।
यशी बिधाले करिब १७ यार्डबाट गरेको लेफ्ट फुटेड सट दोस्रो बारमा लागेर फर्कियो । लगत्तै येशी छोडेनको सशक्त प्रहार नासरिनकी गोलकिपर उत्कृष्ट बचाउ गरिन् । ८७औं मिनेटमा सौरभीले गोल गर्दै नासरिनलाई बराबरीमा ल्याइन् ।
जुन टोलीका लागि यस च्याम्पियनसिपमा पहिलो गोल पनि हो । उनले एकल प्रयासमा ट्रान्सपोर्टका चार डिफेन्डरका बीच पेनाल्टी बक्सभित्र बाट उत्कृष्ट गोल गरेकी हुन् । यसपछि थप गोल हुन सकेन र यस च्याम्पियनसिपमा जितविहीन रहँदै दुवै टोली बाहिरिए ।
पाँच टोली सहभागी च्याम्पियनसिपको लिगमा शीर्ष दुई स्थानमा रहँदै एपिएफ र भारतको इस्ट बंगालबीच उपाधि भिडन्त हुँदै छ । त्यसअघि लिगको अन्तिम खेलमा यी दुवै टोली बुधवारको दोस्रो खेलमा एपिएफ र इस्ट बंगाल प्रतिष्पर्धा गर्दैछन् ।
ट्रान्सपोर्टले तीन बराबरी सामना गर्दा इस्ट बंगालसँग मात्र हार बेहोरेको थियो । नासरिनले भने दुई बराबरी र दुई हार सामना गर्यो । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण