सशस्त्र प्रहरीले बरामद गर्यो ४५ लाखको इलेक्ट्रिक भेप
बुधबार, ०२ पुस २०८२, १८ : ५०
काठमाडौँ । सशस्त्र प्रहरीले पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–६ स्थित कब्रस्थानबाट ४५ लाखको इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ । बुधवार भारततर्फ लैजान लागेको अवस्थामा ९ कार्टुन भेप बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
भारततर्फ लैजानको लागी भेप कारोबारीले १८ सय थान भेप परालको कुन्यूमा लुकाएर राखेको अवस्थामा भेटिएको हो ।
सूचनाको आधारमा सशस्त्र प्रहरीको नम्बर–२६ गण पश्चिम नवलपरासी र सीमा सुरक्षा गुल्म हरपुरबाट खटिएको टोलीले सो भेप बरामद गरेको हो । बरामद भेप महेशपुर भन्सार कार्यालयमा बुझाइएको डीएसपी थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण