महिला राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा २० खेलाडी छनोट
बुधबार, ०२ पुस २०८२, १९ : ३२
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायर क्रिकेट प्रतियोगिताको लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको छनोट भएका छन् ।
आगामी जनवरी १२ देखि फेब्रुअरी १, २०२६ सम्म काठमाडौँमा हुने प्रतियोगिताका लागि २७ खेलाडीबाट घटाएर २० खेलाडीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले छनोट गरिएको हो ।
छनोट भएका खेलाडीहरूमा इन्दु बर्मा, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना, कुमारी चौधरी, रुवी पोदार, पूजा महतो, कविता कुँवर, रुविना क्षेत्री, सना प्रवीण, ईश्वरी विष्ट, रोमा थापा छन् ।
त्यस्तै सोनी पाख्रिन, विन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, सिता राना मगर र काँजल श्रेष्ठ पनि छनाेट भएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण