बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला
बुधबार, ०२ पुस २०८२, १९ : ५०
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ।
बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुबेको अवस्थामा शव देखिएको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय परवानीपुर तथा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा मृतकले कालो पाइन्ट र पहेँलो कुर्ताजस्तो सर्ट लगाएको, उचाइ करिब ५ फिट ६ इन्च रहेको र नाम अजय यादव हुनसक्ने बुझिएको प्रहरीले जनाएको छ।
तर मृतकको स्थायी ठेगाना खुल्न नसकेको र हालसम्म आफन्तको सम्पर्क नआएको प्रहरीले जानकारी दिएको छ।
मृतकलाई चिन्ने वा आफन्तजनले जिल्ला प्रहरी कार्यालय बारामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण