आजदेखि २१औँ लेखनाथ महोत्सव
सारांश
- लेखनाथ उद्योग वाणिज्य संघले २१ औं लेखनाथ महोत्सव आयोजना गर्दैछ, जुन आजदेखि सुरु हुँदैछ।
- महोत्सवको मुख्य नारा 'लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि' रहेको छ, र यो १४ गतेसम्म चल्नेछ।
- महोत्सवमा ३३५ वटा स्टलहरू रहनेछन् र २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।
पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको लेखनाथ महोत्सवको २१ औँ संस्करण आजदेखि सुरु हुँदैछ । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि भन्ने मूल नाराका साथ हुने महोत्सव १४ गतेसम्म चल्नेछ ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवको शतप्रतिशत तयारी पुरा भएको अध्यक्ष जानुका पराजुलीले बताइन् । महोत्सवको उद्घाटन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नेछन् ।
लेखनाथ उद्योग वाणिज्य संघले २०५८ सालदेखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सव परिष्कृत गर्दै हालसम्म निरन्तरता दिइएको छ । महोत्सवको माध्यबाट लेखनाथ क्षेत्रमा उत्पादित वस्तुहरूको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीहरूको उत्पादनहरूको प्रदर्शनी एवं बिक्री वितरण गरिने अध्यक्ष पराजुलीले बताइन् ।
महोत्सवमा उद्योग, व्यापार, व्यवसाय, सेवामूलक एवं सुचनामुलक सहितका ३ सय ३५ वटा स्टलहरु रहनेछन् । २ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने ९ करोड कारोबार हुने प्रक्षेपण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण