एमाले निर्वाचनमा भोट नहाल्ने रिजाल भन्छन् : बिरामी भएर होटलमा गएँ, सुतेर उठ्दा समय सकिएछ
सारांश
- दैलेखका तिलक रिजाल एमालेको महाधिवेशनमा मतदान प्रक्रियामा सहभागी भएनन्।
- प्रतिनिधि चयनका लागि प्रतिस्पर्धा गरेका रिजाल स्वास्थ्य समस्याका कारण मतदानबाट वञ्चित भए।
सुर्खेत । दैलेख क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि बनेका तिलक रिजालले बुधवार भक्तपुरको सल्लाघारीमा जारी एमालेको ११ औँ महाधिवेशनमा मतदान नगरेको पाइएको छ । मतदान प्रक्रियामा सहभागी नहुनेमा उनी कर्णाली प्रदेशका एक्ला प्रतिनिधि हुन् ।
प्रतिनिधि छनोटका क्रममा ५९ जनाबिच कडा प्रतिस्पर्धा हुँदा रिजालले प्रतिनिधि बन्न मरिहत्ते नै गरेका थिए । सबै नेताहरूको सल्लाह र सहमतिमा उनलाई प्रतिनिधि बनाएर काठमाडौँ पठाइए पनि उनी मतदानमा सहभागी नभएको भन्दै एमाले नेता तथा कार्यकर्ताहरूले उनको व्यापक विरोध गरेका छन् ।
यस विषयमा रातोपाटीसँगको कुराकानीमा उनले आफू अचानक बिरामी परेका कारण भोट हाल्न नपाएको बताएका छन् । ‘म काठमाडौँमै छु, तर स्वास्थ्य समस्याले गर्दा मतदान गर्न लाइनमा बस्दाबस्दै बाहिरिनुपर्यो,’ उनले भने । लाइनमा बस्दाबस्दै एक्कासि बिरामी भएको उनको दाबी छ ।
रिजालले थपे, ‘हिजो १२ बजेसम्म लाइनमै थिएँ, ढाडको नसा सम्बन्धी समस्याले एक्कासि ढलेँ । असाध्यै गाह्रो भएपछि होटलतिर लागेँ । पछि बिहान उठ्दा त भोट हाल्ने समय नै घर्किसकेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण