एमाले महाधिवेशन : गण्डकीलाई ३ पदाधिकारी
बिहीबार, ०३ पुस २०८२, १४ : ५८
सारांश
- नेकपा एमालेको ११औँ महाधिवेशनमा गण्डकीबाट ३ पदाधिकारी निर्वाचित भए।
- उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ र सचिवमा खगराज अधिकारी र पदमा अर्याल विजयी भए।
- ईश्वर पोखरेल प्यानलका इन्द्रलाल सापकोटा पराजित भए र सबैभन्दा कम मत ल्याए।
पोखरा । नेकपा एमालेको ११औँ महाधिवेशनबाट गण्डकीले ३ पदाधिकारी पाएको छ । केपी शर्माओली प्यानलबाट उम्मेदवार बनेका तीनैजना निर्वाचित भएका हुन् । उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ १ हजार ७ सय ३७ मतसहित विजयी हुँदा सचिवमा खगराज अधिकारी र पदमा अर्याल विजयी भए ।
पीएसले पाएको मत पदाधिकारीमा सबैभन्दा बढी हो । पदमाकुमारी अर्याल पनि पदाधिकारीमा सबैभन्दा बढी मत ल्याउने चौथो नम्बरमा परेकी छिन् । उनले १ हजार ५ सय ३० मत ल्याएकी हुन् । सचिवमा निर्वाचित अधिकारीले १ हजार ३ सय ३१ मत पाएका छन् ।
पदाधिकारीमा ईश्वर पोखरेल प्यानलबाट उम्मेदवार बनेका इन्द्रलाल सापकोटा पराजित भए । सचिवका उम्मेदवार उनले सबैभन्दा कम अर्थात् ४ सय ५ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्नका लागि बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण