एमाले महाधिवेशन : लुम्बिनीबाट पदाधिकारी जित्ने घटे, विष्टले मारे फड्को
सारांश
- एमालेको ११औँ महाधिवेशनमा लुम्बिनी प्रदेशबाट केन्द्रीय पदाधिकारीको संख्या घटेको छ।
- विष्णुप्रसाद पौडेल, गोकर्णराज विष्ट, शंकर पोखरेल र छविलाल विश्वकर्मा निर्वाचित भए।
- बैजनाथ चौधरी र ठाकुर गैरे उपमहासचिव र सचिव पदमा पराजित भए।
बुटवल । नेकपा एमालेको ११औँ महाधिवेशनमा लुम्बिनी प्रदेशबाट केन्द्रीय पदाधिकारीमा पुग्ने नेताहरूको संख्या घटेको छ ।
१०औँ महाधिवेशनमा लुम्बिनी प्रदेशबाट ७ जना केन्द्रीय पदाधिकारी रहेकोमा अहिले खुम्चिएको हो । यसपटक अध्यक्ष केपी ओली र ईश्वर पोखरेल पक्षको प्यानल बनाएर निर्वाचन मैदानमा गएका नेताहरूमध्ये केही पराजित भए भने केही निर्वाचन मैदानमै पुग्न सकेनन् ।
आज आएको मत परिणामअनुसार केन्द्रीय समितिमा लुम्बिनी प्रदेशबाट विष्णुप्रसाद पौडेल रुपन्देहीबाट उपाध्यक्ष, गोकर्णराज विष्ट गुल्मीबाट उपाध्यक्ष, शंकर पोखरेल दाङबाट महासचिव र छविलाल विश्वकर्मा रुपन्देहीबाट सचिव निर्वाचित भएका छन् ।
चुनावी प्रतिस्पर्धामा गएका नवलपरासीका बैजनाथ चौधरी उपमहासचिव पदमा पराजित भएका छन् । यस्तै पाल्पाका ठाकुर गैरे सचिव पदमा पराजित भएका छन् । उनीहरू दुवै जना ईश्वर पोखरेलको प्यानलबाट मैदानमा उत्रिएका थिए । पटक–पटक केन्द्रीय सदस्य बनेका चौधरी लुम्बिनी प्रदेशका पूर्वमन्त्री हुन् भने गैरे केन्द्रीय सदस्य तथा पाल्पाबाट प्रतिनिधि सभामा निर्वाचित युवा नेता हुन् । उनले पदाधिकारीमा पराजित भए पनि केन्द्रीय सदस्यमा भने जित हासिल गरेका छन् ।
यसअघि १०औँ महाधिवेशनबाट विजय हासिल गरी उपमहासचिवको भूमिकामा रहेका गुल्मीका प्रदीप ज्ञवाली यसपटक केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए । यस्तै १०औँ महाधिवेशनमा उपाध्यक्ष रहेका दाङका युवराज ज्ञवालीले यसपटक कुनै पनि पदाधिकारी पदमा उम्मेदवारी दिएनन् ।
अर्घाखाँचीका टोपबहादुर रायमाझी जो १०औँ महाधिवेशनमा सचिव थिए, उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका कारण पार्टीको चुनावी मैदानमा जान पाएनन् । यसर्थ १०औँ महाधिवेशनको तुलनामा ११औँ महाधिवेशनमा लुम्बिनी प्रदेशबाट केन्द्रीय पदाधिकारीको उपस्थिति कमजोर भएको छ ।
तीन जनाको पद यथावत्, विष्टको फड्को
लुम्बिनी प्रदेशबाट पदाधिकारीमा निर्वाचित भएकामध्ये विष्णु पौडेल, शंकर पोखरेल र छविलाल विश्वकर्मा पुरानै पदमा दोहोरिए । रुपन्देही क्षेत्र नम्बर २ बाट संघीय सांसद बनेका पौडेल १०औँ महाधिवेशनमा पनि उपाध्यक्ष थिए ।
ओलीका विश्वासपात्र शंकर पोखरेल पनि यसपटक महासचिवमा दोहोरिए । यस्तै ओली पक्षका रुपन्देहीका छविलाल विश्वकर्मा पनि सचिव पदमा दोहोरिए ।
१०औँ महाधिवेशनजस्तै यसपटक पनि यी तीनै जना ओली प्यानलबाट चुनावी मैदानमा उत्रिएका थिए । १०औँ महाधिवेशनमा सचिव रहेका गुल्मीका गोकर्ण विष्टले भने यसपटक उपाध्यक्ष पदमा फड्को मारे । उनी ईश्वर पोखरेल पक्षबाट चुनावी मैदानमा पुगेका थिए । गुल्मी क्षेत्र नम्बर २ बाट पटक–पटक संसदीय निर्वाचन जित्दै आएका विष्ट ९औँ र १०औँ महाधिवेशनमा गरी दुई पटक सचिव बनिसकेका व्यक्ति हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण