पर्वत कारागारको भवन निर्माणमा अनियमितता : कार्यालय प्रमुख र निर्माण व्यवसायीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सारांश
- अख्तियारले पर्वत कारागारमा भान्सा घर निर्माणमा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको छ।
- २०७८/०७९ मा भान्साघर निर्माण ठेक्का प्रक्रियामा मिलेमतो भएको आरोप लागेको छ।
- सबैभन्दा कम रकम कबोल गर्ने कम्पनीलाई हटाएर बढी रकम कबोल गर्नेलाई ठेक्का दिँदा राज्यलाई नोक्सानी भएको अख्तियारको दाबी छ।
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कारागार कार्यालय पर्वतमा भान्सा घर निर्माणका क्रममा अनियमितता गरेको आरोपमा कार्यालय प्रमुख, इन्जिनियर र निर्माण व्यवसायीसहित ५ जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आर्थिक वर्ष २०७८/०७९ मा कारागार कार्यालय पर्वतको भान्साघर ब्लक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो गरी नेपाल सरकारलाई हानी नोक्सानी पुर्याएको दाबीसहित आयोगले मुद्दा दायर गरेको हो।
आयोगका अनुसार कारागारको भान्सा घर निर्माणका लागि ६३ लाख ७२ हजार ३९४ रुपैयाँ लागत अनुमान स्वीकृत भएको थियो। उक्त ठेक्का प्रक्रियामा सबैभन्दा कम रकम कबोल गर्ने ‘सौर्य किरण कन्स्ट्रक्सन’ ले लागत अनुमानभन्दा ३३.८३ प्रतिशत कम अर्थात् ४२ लाख १६ हजार ६५८ रुपैयाँको प्रस्ताव पेस गरेको थियो।
तर, बोलपत्र मूल्याङ्कन समितिले सौर्य किरण कन्स्ट्रक्सनले पेस गरेको दर रेट अस्वाभाविक रहेको र पेस गरेको स्पष्टीकरण सन्तोषजनक नभएको भन्दै बदनियतपूर्ण तरिकाले उक्त बोलपत्र रद्द गरेको आयोगको ठहर छ। साथै, निर्माण व्यवसायीको कार्यसम्पादन जमानत जफत गर्न सिफारिस गर्दै दोस्रो न्यूनतम कबोल गर्ने ‘मोदीकाली कन्स्ट्रक्सन’ लाई ठेक्का दिइएको थियो।
मोदीकाली कन्स्ट्रक्सनले लागत अनुमानभन्दा मात्र ०.०२ प्रतिशत कम अर्थात् ६३ लाख ७१ हजार १६१ रुपैयाँ कबोल गरेको थियो। आयोगले पहिलो न्यूनतम कबोल गर्ने कम्पनीलाई हटाएर दोस्रो बढी रकम कबोल गर्ने कम्पनीलाई ठेक्का दिँदा राज्यलाई २१ लाख ५५ हजार ७३५ रुपैयाँ ८४ पैसा हानी नोक्सानी भएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण