बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वीरेन्द्रनगरकी मेयर ढकाल दोस्रो पटक केन्द्रीय सदस्य निर्वाचित

बिहीबार, ०३ पुस २०८२, १७ : ५५
बिहीबार, ०३ पुस २०८२

सारांश

  • वीरेन्द्रनगरकी मेयर मोहनमाया ढकाल नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भइन्।
  • उनले कर्णाली प्रदेशबाट सर्वाधिक मत प्राप्त गरिन्, र केपी शर्मा ओलीको टिमबाट चुनाव लडेकी थिइन्।
  • मेयर ढकालले स्थानीय तह निर्वाचनमा गठबन्धनलाई पराजित गर्दै मेयर जितेकी थिइन्।

सुर्खेत । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरकी मेयर मोहनमाया ढकाल दोस्रो पटक केन्द्रीय सदस्य निर्वाचित भएकी छन् ।

मेयर ढकालले कर्णालीको भूगोलबाट महिलाबाट सर्वाधिक १९२३ मत पाएर विजयी हुन् । ढकाल यसअघि चितवन महाधिवेशनबाट पहिलोपटक केन्द्रीय सदस्य भएकी थिइन् । ढकाल अध्यक्ष केपी शर्मा ओलीको टिमबाट चुनावी मैदानमा उत्रेकी थिइन् ।

उपमेयर भएका बेला नै उनी पहिलोपटक केन्द्रीय सदस्य भएकी थिइन् । २०७९ को स्थानीय तहको निर्वाचनमा ६ दलीय गठबन्धनलाई पराजित गर्दै उनी मेयरमा निर्वाचित भएकी हुन् । 

राजनीति र विकासका मुद्दालाई प्रखर रूपमा उठाउँदै आएकी ढकाल कर्णालीका महिलाका समस्या समाधानका लागि कर्णालीले नै पहल लिनुपर्ने धारणा राख्छिन् ।  झन्डै ३ लाख मानिसको बसोबास भएको सहरको सरकार प्रमुख भएर पनि पार्टीले खटाएको ठाउँमा गएर काम सम्पन्न गर्ने र सङ्गठन विस्तारमा उनले योगदान गरेकी छिन् । 

कानुनमा एलएलबी र राजनीतिशास्त्रमा स्नातकोतर गरेकी ढकाललाई स्थानीय राजनीतिज्ञले  कर्णालीको  राजनीति आकाशमा उदाउँदो ताराको रूपमा व्याख्या गर्ने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप