पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह
सारांश
- एमाले महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सुझाव दिए।
- पोखरेलले वैचारिक मुद्दाहरूले निरन्तरता पाउने विश्वास व्यक्त गर्दै नियन्त्रण र सन्तुलनको सिद्धान्त पालना हुनुपर्नेमा जोड दिए।
- नयाँ नेतृत्वलाई बधाई दिँदै उनले पार्टीको मूल उद्देश्यबाट विचलित नहुने प्रतिबद्धता जनाए।
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्धतिअनुसार पार्टी सञ्चालन गर्न सुझाव दिएका छन्।
निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएपछि र केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएपछि आफ्नो पहिलो प्रतिक्रिया दिँदै निवर्तमान वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो धारणा राखेका हुन्।
उनले महाधिवेशनका क्रममा आफूले उठाएका वैचारिक मुद्दाहरूले आगामी दिनमा पनि निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन्। पोखरेलले जनताको बहुदलीय जनवादको मर्मअनुसार पार्टीभित्र नियन्त्रण र सन्तुलनको सिद्धान्त पालना हुनुपर्नेमा जोड दिए।
उनले नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै चुनावी प्रतिस्पर्धामा पराजित भए पनि पार्टीको मूल उद्देश्यबाट विचलित नहुने स्पष्ट पारे। देशभक्तिपूर्ण आन्दोलन, लोकतन्त्रको रक्षा र समाजवादको आधार निर्माण गर्ने एमालेको बृहत्तर अभियानमा आफ्नो संलग्नता र सक्रियता अटुट रूपमा रहिरहने प्रतिबद्धता समेत उनले जनाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण