इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
सारांश
- इक्वेडरका फुटबल खेलाडी मारियो पिनिडाको ग्वायाकिलमा गोली हानी हत्या गरियो।
- पिनिडामाथि मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेका थिए, जसमा पिनिडाकी आमा पनि घाइते भइन्।
- इक्वेडरमा फुटबल खेलाडीहरू आपराधिक गिरोहको निशानामा परिरहेका छन्, जसले सुरक्षा संकट बढाएको छ।
ग्वायाकिल । इक्वेडरका चर्चित फुटबल खेलाडी मारियो पिनिडाको बुधबार बन्दरगाह सहर ग्वायाकिलमा गोली हानी हत्या गरिएको छ।
लागुऔषध तस्करी र आपराधिक गिरोहको हिंसाले ग्रस्त ग्वायाकिलमा ३३ वर्षीय पिनिडामाथि मोटरसाइकलमा आएका दुई जनाले अन्धाधुन्ध गोली प्रहार गरेका थिए। आक्रमणमा पिनिडाकी आमा र अर्की एक महिला समेत परेको बताइएको छ। पिनिडा सन् २०१८ र २०२२ को विश्वकप छनोटमा इक्वेडरको राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य थिए।
पिनिडा आबद्ध क्लब बार्सिलोना एससीले सामाजिक सञ्जालमार्फत यो दुःखद घटनाको पुष्टि गर्दै न्यायको माग गरेको छ। उनी सन् २०२२ मा ब्राजिलको प्रख्यात क्लब फ्लुमिनेन्सबाट समेत व्यावसायिक फुटबल खेलिसकेका अनुभवी खेलाडी हुन्।
इक्वेडरको गृह मन्त्रालयले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै दोषी पहिचान र पक्राउका लागि विशेष प्रहरी एकाइ परिचालन गरेको जनाएको छ। ग्वायाकिल पछिल्ला वर्षहरूमा आपराधिक समूहहरूको युद्धभूमिको रूपमा परिणत हुँदै गएको छ।
पछिल्लो समय इक्वेडरमा फुटबल खेलाडीहरू लगातार आपराधिक निशानामा परिरहेका छन्। यसअघि सेप्टेम्बरमा दोस्रो डिभिजनका तीन खेलाडीको हत्या भएको थियो भने अक्टोबरमा अर्का खेलाडी ब्रायन एङ्गुला गोली हानाहानमा घाइते भएका थिए।
कुनै समय शान्त मानिने इक्वेडर हाल कोलम्बिया र पेरुबाट हुने कोकेन तस्करीको मुख्य ट्रान्जिट हब बनेपछि सुरक्षा संकट गहिरिएको छ। आधिकारिक तथ्याङ्कअनुसार यस वर्षको नौ महिनामा मात्र ग्वायाकिलमा १ हजार ९ सय हत्याका घटना दर्ता भइसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण