रिलायन्सको शेयर निष्कासन छानबिन गर्न समिति गठन, आईपीओ चाहिँ नरोकिने
सारांश
- रिलायन्स स्पिनिङ मिल्सको आईपीओबारे छानबिन गर्न नेपाल धितोपत्र बोर्डले समिति गठन गरेको छ।
- अर्थ मन्त्रालयको निर्देशन अनुसार, बोर्डले तीन सदस्यीय छानबिन समिति बनाएको हो।
- अदालतको आदेश अनुसार आईपीओ निष्कासन प्रक्रिया जारी रहनेछ, छानबिनले यसलाई रोक्ने छैन।
काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सको आईपीओबारे छानबिन गर्न समिति गठन भएको छ । अर्थ मन्त्रालयको निर्देशन बमोजिम नेपाल धितोपत्र बोर्डले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।
उक्त समितिको संयोजनका बोर्ड सञ्चालक समितिमा कानुन मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्य विनोद कुमार घिमिरे रहेका छन् । बाँकी दुई सदस्यहरूमा आईक्यानबाट प्रतिनिधित्व गर्ने सञ्चालक आनन्दराज शर्मा वाग्ले र विज्ञ सदस्य पीताम्बर भण्डारी रहेका छन् ।
उक्त समितिलाई अर्थ मन्त्रालयको निर्देशन बमोजिम सञ्चार माध्यममा आएका विषयमा छानबिन गर्न भनिएको बोर्डका सहप्रवक्ता तोलाकान्त न्यौपानेले जानकारी दिए । त्यसबाहेक अन्य कुनै खास कार्यादेश नतोकिएको उनको भनाइ छ ।
रिलायन्सले आगामी आइतबारदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्नेगरी आह्वानपत्र प्रकाशन गरिसकेको छ । अहिलेको छानबिन प्रक्रियाका कारण उक्त आईपीओ भने रोकिने छैन । सहप्रवक्ता न्यौपानेका अनुसार आईपीओ निष्कासन गर्ने प्रक्रिया अदालतको आदेश बमोजिम अघि बढेको भन्दै यसलाई बोर्डले रोक्न नसक्ने उनको भनाइ छ ।
‘सम्मानित अदालतबाटै आदेश आएको कारणले बोर्डले प्रक्रिया अघि बढाउन भनेको हो, अदालतको आदेश भएकोले यसमा अहिले हामीले रोक्न मिल्दैन,’ उनी भन्छन्, ‘त्यसैले पूर्ववत् ढंगबाटै आईपीओ आउँछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण