‘सङ्घीयता नै नागरिकको पहुँचको आधार हो’
शुक्रबार, ०४ पुस २०८२, २१ : ११
नवलपरासी । जनता प्रगतिशील पार्टी (जप्रपा) नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले सङ्घीयता नै सबैको पहुँचको आधार भएको बताएका छन् ।
शुक्रबार पश्चिम नवलपरासीको परासीमा ‘मधेसको मानवशास्त्र’ किताबको विमोचन गर्दै नेता त्रिपाठीले राज्यसँगको पहुँचका लागि सङ्घीयता नै बलियो आधार रहेको बताएका हुन् । उनले भने, “कर्णाली जस्तो विकट ठाउँमा राज्यको सबै क्षेत्रमा पहँुच गराउन र मधेसमा गरिब तथा दलितलाई हेप्ने प्रवृतिको अन्त्य गर्न सङ्घीयताको आवश्यकता हो ।”
वर्तमान राजनीतिक अवस्थामा देशको निकास निर्वाचन मात्रै भएको उनले बताए । ‘मधेसको मानवशास्त्र’ पुस्तकका लेखक भोला बानियाँले किताबमा सम्पूर्ण मधेसको बारेमा व्याख्या गरिएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण