ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
सारांश
- ग्रीसको क्रिट टापुको दक्षिणमा ५४० आप्रवासीलाई उद्धार गरियो।
- फ्रोन्टेक्सको जहाजले ५३९ शरणार्थीको उद्धार गर्यो ।
- उनीहरू बङ्गलादेश, पाकिस्तान, इजिप्ट, इरिट्रिया, सोमालिया, सुडान र प्यालेस्टाइन क्षेत्रका नागरिक थिए।
काठमाडौँ । ग्रीसको क्रिट टापुको दक्षिणमा शुक्रबार बिहान एक डुङ्गामा खचाखच भरिएका लगभग ५४० आप्रवासीहरूलाई उद्धार गरिएको ग्रीकका तटरक्षक अधिकारीले बताएका छन् ।
लिबियाली समुद्रको सानो टापु गाभ्डोस नजिकै युरोपेली सङ्घको सीमा निकाय ‘फ्रोन्टेक्स’ को गस्ती जहाजले ५३९ जना शरणार्थीको उद्धार गरेको तटरक्षक प्रवक्ताले एएफपीलाई बताए ।
उक्त डुङ्गामा बङ्गलादेश, पाकिस्तान, इजिप्ट, इरिट्रिया, सोमालिया, सुडान र प्यालेस्टाइन क्षेत्रका नागरिकको रहेको बताइएको छ ।
उनीहरुलाई सबैभन्दा पहिले क्रेटन सहर रेथिम्नो लगिने उनले बताए । युरोपेली सङ्घको मानक प्रक्रिया अन्तर्गत सबैको शरणार्थी दाबीको प्रक्रिया अघि स्वास्थ्य जाँच गरिनेछ ।
प्रवक्ताले भने, “उनीहरू कुन बन्दरगाहबाट बाहिर निस्केका थिए, अझै स्पष्ट हुन सकेको छैन ।
गत वर्षदेखि लिबियाबाट आप्रवासीहरूले क्रिट हुँदै युरोपेली सङ्घमा प्रवेश गर्ने प्रयास गरिरहेको बताउने गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण