दुग्ध क्षेत्रको विकासमा नीतिगत सुधार, बजार सुनिश्चितता र गुणस्तर नियन्त्रणमा जोड
सारांश
- सरोकारवालाहरूले दुग्ध क्षेत्रको दिगो विकासका लागि नीतिगत सुधारको आवश्यकता औंल्याएका छन्।
- अध्यक्ष प्रल्हाद दाहालले बजार अस्थिरता र नीतिगत अन्योलका कारण उद्योग दबाबमा परेको बताए।
- डा. गृष्म न्यौपानेले पशु स्वास्थ्य, दूध उत्पादन र रोग नियन्त्रणमा चुनौती रहेको उल्लेख गरे।
गण्डकी। सरोकारवालाले दुग्ध क्षेत्रको दिगो विकासका लागि नीतिगत सुधार, बजार सुनिश्चितता र गुणस्तर नियन्त्रण आवश्यक भएकामा जोड दिइएको छ ।
नेपाल डेरी एसोसिएसन गण्डकी प्रदेशको आयोजनामा ‘दुग्ध क्षेत्रको अवस्था र चुनौती’ विषयक अन्तरक्रियामा एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले दुग्ध क्षेत्र देशको अर्थतन्त्र र ग्रामीण जीविकोपार्जनको महत्वपूर्ण आधार भए पनि पछिल्लो समय लागत वृद्धि, बजार अस्थिरता र नीतिगत अन्योलले उद्योग दबाबमा परेको बताए ।
उनले दीर्घकालीन नीति र कार्यान्वयन बिना यो क्षेत्र टिकाउ हुन नसक्ने जिकिर गरे। भेटनरी अस्पताल तथा पशुसेवा कार्यालय कास्कीका वरिष्ठ पशु विकास अधिकृत डा गृष्म न्यौपानेले पशु स्वास्थ्य, गुणस्तरीय दूध उत्पादन र रोग नियन्त्रणमा चुनौती रहेको धारणा राखे ।
पोखरा महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले स्थानीय सरकार दुग्ध क्षेत्रको विकासप्रति संवेदनशील रहेको बताए । महानगरपालिकाले सहुलियत, प्रवर्द्धन कार्यक्रम र सहकार्यका माध्यमबाट सहयोग गर्न सक्ने उनको भनाइ छ ।
नेपाल डेरी एसोसिएसन गण्डकी प्रदेशका अध्यक्ष शिवहरि आचार्यले गण्डकी प्रदेशमा दुग्ध क्षेत्रको ठुलो सम्भावना भए पनि आयातित दूध र प्रशोधित दुग्धजन्य पदार्थका कारण स्थानीय उद्योग प्रभावित भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण