बङ्गलादेशमा आर्थिक सहकार्य विषयक अन्तरक्रिया सम्पन्न
सारांश
- नेपाल र बङ्गलादेशबीचको आर्थिक सहकार्यबारे राजदुतले जानकारी दिए ।
- ऊर्जा, लगानी र पर्यटनमा सहकार्य विस्तारबारे छलफल भयो ।
- व्यापारिक समुदायलाई सहकार्य बढाउन आह्वान गरियो।
काठमाडौँ । बङ्गलादेशस्थित नेपाली दूतावासको आयोजनामा शुक्रबार साँझ स्थानीय राजशाहीमा ‘नेपाल–बङ्गलादेश आर्थिक सहकार्य’ विषयक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमाई सम्बोधन गर्दै बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले नेपाल–बङ्गलादेशबिचको द्विपक्षीय आर्थिक सहकार्यका विभिन्न क्षेत्रमा भएको स्थिर प्रगतिबारे जानकारी गराएका थिए ।
उनले ऊर्जा व्यापार, लगानी तथा पर्यटन क्षेत्रमा हासिल भएका उपलब्धि उल्लेख गर्दै यी क्षेत्रमा सहकार्य थप विस्तार हुँदै गएको बताए ।
दुई देशबिचको सम्बन्ध सुदृढ बनाउन व्यावसायिक समुदायको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै राजदूत भण्डारीले सहभागीलाई आपसी हितका क्षेत्रमा नेपाली व्यावसायिक साझेदारसँग सहकार्य अझ गहिरो बनाउन आह्वान गरे।
सो अवसरमा दूतावासकी प्रथम सचिव योजना बाम्जनले नेपाल–बङ्गलादेश आर्थिक सहकार्यका प्रमुख क्षेत्रबारे विस्तृत प्रस्तुति दिनुभएको नेपाली दूतावास बङ्गलादेशले जनाएको छ ।
उनले व्यापार, लगानी, सम्पर्क सञ्जाल, शिक्षा तथा जनस्तरको सम्पर्कलगायतका क्षेत्रमा सहकार्य विस्तारका सम्भावनाबारे जानकारी गराएका थिए ।
अन्तरक्रियात्मक सत्रमा सहभागीले उठाएका जिज्ञासा तथा चासोका बारेमा राजदूत भण्डारीले जानकारी गराएका थिए । कार्यक्रममा राजशाहीस्थित विभिन्न सरकारी निकाय तथा व्यावसायिक सङ्घ–संस्थाका प्रतिनिधिले शारणा राखेका थिए । कार्यक्रममा उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, प्रतिष्ठित व्यवसायी, ट्राभल तथा टुर उद्यमी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण