राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल
सारांश
- चितवन राष्ट्रिय निकुञ्जका नदीहरूमा गरिएको गणनामा घडियाल गोहीको संख्या वृद्धि भएको छ।
- यस वर्ष राप्ती र नारायणी नदीमा जम्मा ३६६ वटा गोही फेला परेका छन्, जसमा नौ वटा भाले गोही पनि छन्।
- गोही संरक्षण अभियान र चेतनाका कारण संख्या बढेको अनुमान गरिएको छ, र डल्फिन पनि फेला परेको छ।
चितवन । चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा गरिएको पछिल्लो गणनामा घडियाल गोहीको सङ्ख्यामा वृद्धि भएको पाइएको छ। निकुञ्ज कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस वर्ष दुवै नदीमा गरी जम्मा ३६६ वटा घडियाल फेला परेका छन्।
अघिल्लो वर्ष यी नदीहरूमा ३५२ वटा घडियाल गोही फेला परेका थिए। निकुञ्जले मङ्सिर २१ देखि २९ गतेसम्म गरेको प्रत्यक्ष अनुगमनका क्रममा राप्ती नदीमा २३१ र नारायणी नदीमा १३५ वटा गोही फेला परेका हुन्।
यस वर्षको गणनाको रोचक पक्ष भनेको भाले घडियालको उपस्थिति र दुर्लभ डल्फिनको दर्शन हो। गणनाका क्रममा राप्तीमा सात र नारायणीमा दुई गरी जम्मा नौ वटा भाले घडियाल फेला परेका छन्।
अतिसङ्कटापन्न अवस्थामा रहेका यी गोहीहरूको संरक्षणका लागि निकुञ्जले चलाएको अभियान र समुदायमा बढेको चेतनाका कारण सङ्ख्या बढेको अनुमान गरिएको छ। यस्तै, नारायणी नदीको गोलाघाट क्षेत्रमा गणनाकै क्रममा एउटा डल्फिन (साँस) समेत फेला परेको छ, जसलाई निकुञ्ज प्रशासनले जैविक विविधताको दृष्टिले सकारात्मक सङ्केत मानेको छ।
निकुञ्जका अनुसार राप्ती नदीमा गोहीको सङ्ख्या बढे पनि नारायणीमा भने गत वर्षको तुलनामा केही कमी आएको देखिएको छ। सन् १९७८ देखि कसरामा स्थापित घडियाल प्रजनन केन्द्रबाट हरेक वर्ष कृत्रिम रूपमा बच्चा हुर्काएर नदीमा छाड्ने गरिएकाले पनि यिनको अस्तित्व जोगिन मद्दत पुगेको छ। आगामी दिनमा घडियाल र तिनको बासस्थान संरक्षणका लागि नदी प्रणालीलाई अझ सुरक्षित बनाउँदै लैजाने निकुञ्जको योजना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण