शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
फोटोफिचर

विमानस्थलबाट सिधै शहीद परिवार भेट्न पुगे रवि

शनिबार, ०५ पुस २०८२, १६ : ४१
शनिबार, ०५ पुस २०८२

काठमाडौँ । सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएर चितवनबाट काठमाडौँ ओर्लिए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेनजी आन्दोलनका शहीद परिवारलाई भेट्न पुगेका छन् । विमानस्थलमा समर्थकहरूको भव्य स्वागत पछि उनी सिधै बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुगेका हुन् । 

rabi lamichhane (1)

हिरासतबाट मुक्त भएपछि आफ्नो पहिलो प्राथमिकता शहीदका आमाहरूको आँसु पुछ्ने रहेको भन्दै उनी भावुक मुद्रामा कार्यालय पुगेका थिए ।

rabi lamichhane (2)

यसअघि चितवनमा आयोजित सभामा  लामिछानेले आन्दोलनका क्रममा ज्यान गुमाउनेका सपनाहरूलाई रास्वपाले ढल्न नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । ‘एउटा छोरो ढल्यो होला, तर देशैभरि लाखौँ छोराहरू साथमा छन्, शहीदकी आमाले अब शिर ठाडो पार्नुपर्छ,’ उनले परिवारलाई ढाडस दिँदै भनेका थिए । उनले शहीदको रगत र बलिदानीको एक अंश पनि खेर जान नदिने भन्दै देशैभरिका युवाहरू शहीद परिवारको साथमा रहेको विश्वास दिलाए ।

rabi lamichhane (5)

लामिछानेले आन्दोलनका घाइतेहरूको शरीरमा रहेका गोलीका छर्राहरूले सिङ्गो देशलाई दुखाएको उल्लेख गर्दै उनीहरूको घाउमा मलम लगाउन रास्वपाले पहल गर्ने बताए । जेनजी अभियान्तादेखि नयाँ साथीहरू सबैलाई एकै ठाउँमा ल्याउन आफ्नो तर्फबाट अधिकतम प्रयास हुने उनको भनाइ छ । 

rabi lamichhane (6)rabi lamichhane (7)rabi lamichhane (8)rabi lamichhane (9)rabi lamichhane (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप