मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
ढाका । बङ्गलादेशको राजधानी ढाकामा एक विद्यार्थी नेताको हत्यालाई लिएर दुई दिनसम्म चलेको हिंसात्मक प्रदर्शनपछि शनिबार दशौं हजार शोकाकुल व्यक्तिहरू उनको अन्त्येष्टिका लागि भेला भएका छन्।
गत वर्षको प्रजातन्त्र समर्थक विद्रोहका एक प्रमुख व्यक्ति सरिफ उस्मान हादीको गत बिहीबार ढाकाको मस्जिदबाट बाहिर निस्कने क्रममा मास्क लगाएका बन्दुकधारीले गोली हानेर हत्या भएको थियो । शनिबार अन्त्येष्टिको कार्यक्रम तय भएको थियो ।
अन्त्येष्टि प्रार्थना गरिएको संसद् भवन अगाडि शरिरमा क्यामरा जोडिएका प्रहरी तैनाथ गरिएको थियो । शुक्रबार राजधानी ल्याइएको हादीको शवलाई ढाका विश्वविद्यालयको केन्द्रीय मस्जिदमा गाडिएको छ ।
अन्त्येष्टि कार्यक्रममा अन्तरिम नेता मुहम्मद युनुसले भावुक सम्बोधन गर्दै भने, “हामी यहाँ बिदाइ गर्न आएका होइनौँ । तपाईं हाम्रो हृदयमा हुनुहुन्छ र जबसम्म देश रहन्छ तबसम्म तपाईं सबै बङ्गलादेशीहरूको हृदयमा रहनुहुनेछ।”
गत वर्षको आन्दोलका एक प्रमुख नेता ३२ वर्षीय हादी भारतका कट्टर आलोचक हुन् भने उनले आगामी फेब्रुअरीमा हुने आम चुनाव लड्ने तयारी गरेका थिए । प्रार्थनामा सहभागी हुन टाढाबाट आएका एक सरकारी कर्मचारी इकबाल हुसेन साइकोटले हादीले भारतको कडा विरोध गरेकै कारण हत्या गरिएको दावी गरे ।
साइकोटले एएफपीसँग भने, “उहाँ आफ्नो सार्वभौम भूमिलाई माया गर्ने लाखौँ बङ्गलादेशी जनतामाझ अमर रहनुहुनेछ।” हादीको मृत्युले बङ्गलादेशमा व्यापक अशान्ति निम्त्याएको छ भने प्रदर्शनकारीहरूले जिम्मेवारहरूलाई पक्राउ गर्न माग गरिरहेका छन् ।
बिहीबार अबेर विद्यार्थी नेता हादीको मृत्युपछि आक्रोशित प्रदर्शनकारीहरूले ढाकामा प्रमुख प्रमुख पत्रिकाहरू प्रोथम आलो र डेली स्टारको कार्यालयसहित धेरै भवनहरूमा आगो लगाएका थिए ।
आलोचकहरूले प्रकाशनहरूले छिमेकी भारतलाई समर्थन गरेको आरोप लगाएका छन् । बङ्गलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले सन् २०२४ को विद्रोहपछि ढाकाबाट भागेर नयाँदिल्लीमा आश्रय लिँदै आएको ढाकाको दावी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण