मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस
रौतहट । नेपाली कांग्रेसबाट प्रत्यक्ष उम्मेदवारका रूपमा मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवको नाम रौतहट क्षेत्र नं १ बाट सिफारिस गरिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट क्षेत्र नं १ बाट यादवसहित चार जना उम्मेदवारको नाम सिफारिस गरिएको हो ।
कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति बैठकको निर्णयअनुसार जिल्ला कार्यसमितिलाई पठाइएको पत्रमा प्रत्यक्षतर्फ मुख्यमन्त्री यादव, रामेश्वरप्रसाद यादव, नितेशकुमार गुप्ता र सन्तु यादव सिफारिस भएको कांग्रेस मधेश प्रदेशका प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए । उनका अनुसार समानुपातिकतर्फ जनजाति, मधेशी, महिला, मुस्लिम, अल्पसङ्ख्यक तथा खुल्ला समूहबाट आठ जनाको नाम सिफारिस भएको छ ।
प्रचार विभाग प्रमुख गुप्ताले राष्ट्रियसभा सदस्यका लागि चिरञ्जीवीप्रसाद सिंह (अल्पसङ्ख्यक/खुल्ला) र नरेन्द्र पासवान (दलित) सिफारिस गरिएको बताए । अन्य क्षेत्रको उम्मेदवारको सिफारिस आइतबार सार्वजनिक गरिने कांग्रेस रौतहट जिल्ला कार्यसमितिका सचिव मिथलेश मिश्रले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण