२० औँ राष्ट्रिय एमटिबी क्रस कन्ट्री तथा १२ औँ डाउनहिल प्रतियोगिता सम्पन्न (तस्बिरहरू)
सारांश
- नेपाल साइक्लिङ संघले २०औँ राष्ट्रिय एमटिबी क्रस कन्ट्री र १२औँ राष्ट्रिय एमटिबी डाउनहिल प्रतियोगिता सम्पन्न गर्यो।
- प्रतियोगितामा देशभरका ११० जना पुरुष तथा महिला खेलाडीहरूको सहभागिता रहेको थियो, जसमा विभिन्न विधामा प्रतिस्पर्धा भयो।
- गोकर्णेश्वर नगरपालिकामा आयोजित प्रतियोगिताले नेपाली माउन्टेन बाइकिङ खेलको विकासमा योगदान पुर्यायो।
काठमाडौं । नेपाल साइक्लिङ संघको आयोजनामा २०औँ राष्ट्रिय एमटिबी क्रस कन्ट्री तथा १२औँ राष्ट्रिय एमटिबी डाउनहिल प्रतियोगिता शनिबार सम्पन्न भएको छ।
काठमाडौँको गोर्कर्णेश्वर नगरपालिका–४ स्थित जगडोल शहिद पार्कमा आयोजना गरिएको प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट आएका १ सय १० जना पुरुष तथा महिला खेलाडीहरूको सहभागिता रहेको थियो । राष्ट्रिय स्तरका खेलाडीहरूबिच विभिन्न उमेर समूह तथा क्याटेगोरीमा प्रतिस्पर्धा गराइएको उक्त प्रतियोगिताले नेपाली माउन्टेन बाइकिङ खेलको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको नेपाल साइक्लिङ संघले जनाएको छ ।
क्रस कन्ट्री च्याम्पियनसिपतर्फ युथ क्याटेगोरीमा सेमाङ लिम्बु प्रथम, बादल लिम्बु द्वितीय र कुसाङ शेर्पा तृतीय भए। जुनियर क्याटेगोरीमा दिपसागर तामाङले पहिलो स्थान हासिल गर्दा सौगात अछामी दोस्रो र दृश्य राजपन्थी तेस्रो स्थानमा रहे ।
त्यसैगरी, पुरुष मास्टर क्याटेगोरीमा लक्ष्मण मल्ल प्रथम, विपिन कटुवाल द्वितीय र पासाङ गेलु शेर्पा तृतीय भए । महिला एलिट क्याटेगोरीमा उषा खनाल प्रथम, मञ्जु खड्का द्वितीय र शोभा बलामी तृतीय स्थानमा रहिन्। पुरुष एलिट क्याटेगोरीमा अच्युत कृष्ण खरेल पहिलो, बुद्धिबहादुर तामाङ दोस्रो र हिमाल टमाटा तेस्रो भए ।
एमटिबी डाउनहिल च्याम्पियनसिपतर्फ पुरुष एलिट क्याटेगोरीमा राजेश मगर प्रथम, निरभ श्रेष्ठ द्वितीय र प्रचित थापा मगर तृतीय भए। महिला क्याटेगोरीमा उषा खनाल पहिलो र इन्द्रकुमारी तामाङ दोस्रो स्थानमा रहिन् । जुनियर क्याटेगोरीमा दिपसागर तामाङ प्रथम, आरभ श्रेष्ठ द्वितीय र कबीर खड्का तृतीय भए ।
पुरुष मास्टर क्याटेगोरीमा मङ्गल कृष्ण लामा प्रथम, धनजित राई द्वितीय र गौरव श्रेष्ठ तृतीय भए भने पुरुष युथ क्याटेगोरीमा रोनिक्स हाङ प्रथम, प्रतीक पोखरेल द्वितीय र पुष्कर रेग्मी तृतीय स्थानमा रहे ।
तस्बिरहरू: मनिष अर्याल र नेपाल फोटो लाइब्रेरी
_fWCEz1xC0w.jpg)
_Fj0Byc6D6A.jpg)
_jo7EoPwyvh.jpg)
_aeTy7AUR9F.jpg)
_OTUbCUPQ9b.jpg)
_8ovzOdiqIT.jpg)
_59wIunqFDE.jpg)
_1L75fQ8yPj.jpg)
_WOpotpPG8y.jpg)
_79no4Pqie5.jpg)
_FdXKdc0mxY.jpg)
_oYQCStaylI.jpg)
_xdzdoSaViE.jpg)
_7epNbVen0T.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण