पूर्वप्रधानमन्त्री डा भट्टराई आज भारत प्रस्थान गर्दै
सारांश
- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत प्रस्थान गर्दैछन् र पुस ९ गते स्वदेश फर्किनेछन्।
- भ्रमणमा उनले भारतका बौद्धिक, कूटनीतिक र शैक्षिक क्षेत्रका व्यक्तिहरूसँग भेटघाट गर्नेछन्।
- डा. भट्टराईले आईआईटी बम्बईमा 'दक्षिण एसियाको लोकतान्त्रिक भविष्य' विषयमा सम्बोधन गर्नेछन्।
काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई आज भारत प्रस्थान गर्ने भएका छन् । उनी पुस ९ गतेमात्र स्वदेश फर्किने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ ।
भ्रमणका क्रममा डा भट्टराईले भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग महत्त्वपूर्ण भेटघाट र छलफल गर्नेछन्। विशेषगरी नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य र लोकतान्त्रिक अभ्यासका समसामयिक विषयमा उनले आफ्ना विचारहरू राख्ने सचिवालयले जनाएको छ।
डा भट्टराईले भारतको प्रतिष्ठित शिक्षण संस्था आईआईटी बम्बईमा आयोजना हुने टेकफेस्टमा सहभागी भई'दक्षिण एसियाको लोकतान्त्रिक भविष्य: युवा, प्रविधि र समावेशी लोकतन्त्र' विषयमा विशेष सम्बोधन गर्नेछन्।
नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा साउथ एसियन फोरम फर पिपुल्स इनिसिएटिभद्वारा आयोजित एक विशेष कार्यक्रममा उनी प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण