माघदेखि फ्लोरमा जान तयारीमा रहेको 'मितज्यू'ले थाल्यो वर्कसप
सारांश
- अनिल बुढा मगरको निर्देशन रहने फिल्म 'मितज्यू'को वर्कसप सुरु भएको छ।
- फिल्ममा तेरिया फौजा मगर, पुस्कर गुरुङ लगायतका कलाकारको अभिनय रहनेछ।
- फिल्म आगामी माघको पहिलो साताबाट छायांकनमा निस्किने छ र जेठ १५ गते प्रदर्शन हुनेछ।
काठमाडौँ । अनिल बुढा मगरको निर्देशन रहने फिल्म ‘मितज्यू’को वर्कसप सुरु भएको छ । फिल्मले माघदेखि छायांकन सुरु गर्न शनिबारबाट वर्कसप थालेको हो ।
फिल्ममा अभिनय रहने कलाकार तेरिया फौजा मगर, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने लगायतका कलाकार वर्कसपमा जुटिरहेका छन् । फिल्ममा कलाकारलाई अभिनय गर्न सहज होस् भनेर वर्कसप चलाइएको निर्देशक मगरले बताए ।
‘कलाकारले आफ्नो भुमिका बुझेपछि सुटिङमा सहज हुन्छ । उनीहरुले फिल्मको कथा र आफ्नो क्यारेक्टरलाई बुझेपछि अभिनय गर्न पनि सहज हुनुका साथै छायाङ्कन समय र खर्चसमेत कम हुन्छ’, मगरले भने ‘स्पोर्टमा नै पुगेर एक्सनकट गर्दा सोचे अनुसारको अभिनय कलाकारले नदिन सक्छ। त्यसका लागि पनि हामीले वर्कसप थालेका हौँ ।’ उनका अनुसार वर्कसप केहि दिनसम्म चल्ने छ। फिल्मका निर्माता जनक घर्ती मगर हुन् । फिल्म आगामी माघको पहिलो साताबाट छायांकनमा निस्किने छ ।
दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्क बहादुर पुन मगर(खबपु)लगायको अभिनय छ ।
फिल्ममा श्रीकृष्ण बम मल्ल, प्रकाश सपुतको संगीत, शिशिर शिशङखेको छायांकन र प्रभाद बिष्टको निर्देशन रहनेछ । फिल्मको बितरकमा आर आर फिल्मस रहेको छ ।
रोल्पाका विभिन्न स्थानमा छायांकन हुने फिल्म आगामी जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिनबाट प्रदर्शनमा आउनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण