राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभामा उम्मेदवार सिफारिस
सारांश
- नेपाली कांग्रेसका नेता सुनिल थापालाई राष्ट्रियसभा सदस्यको उम्मेदवारमा सिफारिस गरिएको छ।
- थापाले राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका थिए।
- कोशी प्रदेश समिति बैठकले थापाको नाम सिफारिस गरेको हो।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिल थापाको नाम पार्टीले राष्ट्रियसभा सदस्यको उम्मेदवारमा सिफारिस गरेको छ ।
नेपाली कांग्रेसको कोशी प्रदेश समिति बैठकले थापाको नाम राष्ट्रियसभा सदस्य उम्मेदवारमा सिफारिस गरेको कांग्रेस कोशी प्रदेश उपसभापति रमेशजंग रायमाझीले जानकारी दिए । ‘सुनील थापाको नाम प्रदेश कार्यसमिति बैठकले राष्ट्रियसभा सदस्यमा उम्मेदवार बनाउन सिफारिस गरेको छ,’ उपसभापति रायमाझीले रातोपाटीसँग भने ।
थापाले केही दिनअघि पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवार बन्ने जानकारी राष्ट्रपति पौडेललाई गराएर सल्लाहकारबाट राजीनामा दिएका थिए ।
थापा २०७९ चैत १६ गते राष्ट्रपति पौडेलको राजनीतिक सल्लाहकारमा नियुक्त भएका थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट धनकुटामा प्रत्यक्षतर्फ उम्मेदवार बनेका थापा एमाले उम्मेदवार राजेन्द्र राईसँग पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण