ला लिगा
बार्सिलोनाको प्रभावशाली जित, शीर्ष स्थानमा अग्रता कायमै
आइतबार, ०६ पुस २०८२, २३ : १५
सारांश
- बार्सिलोनाले आइतबार भिल्लारियललाई २-० गोलले पराजित गर्यो र अंक तालिकामा शीर्ष स्थान कायम गर्यो।
- राफिन्हाले पेनाल्टीमार्फत बार्सिलोनालाई अग्रता दिलाए, भने भेइगा रातो कार्ड पाएर बाहिरिए।
- लामिने यामलले उत्कृष्ट गोल गरे, जसले बार्सिलोनाको जित सुनिश्चित गर्यो।
काठमाडौँ । ला लिगा अन्तर्गत आइतबार सम्पन्न खेलमा बार्सिलोनाले भिल्लारियललाई २–० गोल अन्तरले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा आफ्नो पकड मजबुत बनाएको छ ।
खेलको १२ औँ मिनेटमा राफिन्हाले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमै भिल्लारियलका रेनाटो भेइगाले ३९ औँ मिनेटमा रातो कार्ड पाएपछि पाहुना टोली १० खेलाडीमा सीमित हुन पुग्यो, जसको फाइदा बार्सिलोनाले राम्ररी उठायो ।
दोस्रो हाफमा युवा स्टार लामिन यामलले ६३औँ मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीको जित सुनिश्चित गरे । घरेलु मैदानमा बार्सिलोनाले खेलभरि दबाब कायम राख्दै भिल्लारियललाई पुनरागमनको कुनै अवसर दिएन ।
जितसँगै बार्सिलोनाले ४६ अंक पुर्याउँदै ला लिगा अंक तालिकाको पहिलो स्थानमा आफ्नो अग्रता कायमै राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण