श्रीमती हत्याको आरोपमा रोल्पामा एक पुरुष पक्राउ
सोमबार, ०७ पुस २०८२, ०६ : ११
सारांश
- रोल्पामा श्रीमतीको हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन्।
- रुन्टीगढी गाउँपालिका-५ जस्पुरका अमराज दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- घरायसी विवादका कारण कुटपिट भएको अनुमान गरिए पनि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
रोल्पा । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा रोल्पामा एक पुरुष पक्राउ परेका छन्। रुन्टीगढी गाउँपालिका–५ जस्पुरका ४८ वर्षीय अमराज दमाईलाई ५२ वर्षीया श्रीमती रीमा परियारको हत्या गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो।
शनिबार दिउँसो अमराजले श्रीमतीलाई निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट रीमा गम्भीर घाइते भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले तत्कालै अमराजलाई पक्राउ गरेको हो।
कुटपिटबाट सख्त घाइते भएकी रीमालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी पुर्याइएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भयो। घरायसी विवादका कारण कुटपिट भएको हुनसक्ने अनुमान गरिए पनि घटनाको वास्तविक कारणबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण