जेमिमाको अर्धशतकसँगै श्रीलंकामाथि भारतको सानदार जित
सारांश
- भारतीय महिला क्रिकेट टोलीले श्रीलंकालाई पहिलो टी-२० खेलमा ८ विकेटले पराजित गर्यो।
- जेमिमा रोड्रिग्जले अविजित ६९ रन बनाइ भारतको जितमा महत्त्वपूर्ण योगदान दिइन्।
- श्रीलंकाले पहिले ब्याटिङ गर्दै १२० रन बनायो, जसमा विष्मी गुणरत्नेले ३९ रन बनाइन्।
विशाखापट्टनम । भारतीय महिला क्रिकेट टोलीले श्रीलंकाविरुद्धको पाँच खेलको टी-२० सिरिजमा विजयी सुरुवात गरेको छ।
आइतबार विशाखापट्टनममा भएको पहिलो खेलमा भारतले श्रीलंकालाई ८ विकेटले सहजै पराजित गर्यो। १ सय २२ रनको लक्ष्य पछ्याएको भारतले मात्र १५ ओभरमा २ विकेट गुमाउँदै जित हात पारेको हो।
भारतको जितमा जेमिमा रोड्रिग्जले विष्फोटक ब्याटिङ गर्दै अविजित ६९ रनको अर्धशतकीय इनिङ खेलिन्। त्यस्तै स्मृति मन्धानाले २५ र कप्तान हरमनप्रीत कौरले अविजित १५ रनको योगदान दिए। ओपनर शेफाली वर्मा ९ रनमै आउट भए पनि जेमिमा र स्मृतिबिच भएको ५४ रनको साझेदारीले भारतको जितको आधार तय गरेको थियो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २१ रन मात्र बनाउन सक्यो। श्रीलंकाका लागि विष्मी गुणरत्नेले सर्वाधिक ३९ रन बनाइन् भने हसिनी परेराले २० र हर्षिता समरविक्रमाले २१ रन जोडे।
श्रीलंकाका तीन जना ब्याटर रन आउट हुनु टोलीका लागि महँगो सावित भयो। बलिङतर्फ भारतकी क्रान्ति गौड, दीप्ति शर्मा र श्री चरणीले समान १–१ विकेट लिए।
यसै खेलमार्फत बायाँ हाते स्पिनर वैष्णवी शर्माले भारतीय टोलीबाट डेब्यु गरेकी छन्। एकदिवसीय विश्वकप जितेपछि भारतको यो पहिलो क्रिकेट सिरिज हो। सिरिजको दोस्रो खेल डिसेम्बर २३ मा विशाखापट्टनममै हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण