महाधिवेशन सकिएलगत्तै ईश्वर समूहले छुट्टै भेला गरेकोमा प्रदीप ज्ञवालीको असन्तुष्टि
सारांश
- एमाले नेता प्रदीप ज्ञवालीले पार्टी महाधिवेशनपछि ईश्वर पोखरेल पक्षको भेलामा असन्तुष्टि जनाए।
- ज्ञवालीले महाधिवेशनको निर्णयलाई नमान्ने हो भने पार्टी बहस क्लब बन्ने चेतावनी दिए।
- ज्ञवालीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र पुनर्स्थापनासम्बन्धी अभिव्यक्तिप्रति आश्चर्य प्रकट गरे।
काठमाडौँ । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले पार्टीको महाधिवेशन सम्पन्न भएलगत्तै ईश्वर पोखरेल पक्षले छुट्टै भेला गरेकोप्रति असन्तुष्टि जनाएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता ज्ञवालीले महाधिवेशनपछिका केही दृश्यले ‘आँखा बिझाएको’ टिप्पणी गरेका हुन् ।
नेता ज्ञवालीले महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएको स्मरण गराउँदै त्यसको फैसलालाई अन्तिम नमान्ने हो भने पार्टी ‘अन्त्यहीन बहस क्लब’ मा रूपान्तरित हुने चेतावनी दिएका छन् ।
केही नेताहरुले नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि प्रश्न उठाएका कारण नै एक वर्ष अगावै महाधिवेशन आयोजना गरिएको उल्लेख गर्दै उनले भनेका छन्, 'महाधिवेशनले ती प्रश्नको स्पष्ट र द्विविधारहित जवाफ दिएर नेतृत्वलाई पुनः अनुमोदित गरेको छ ।'
अब पनि महाधिवेशन पूर्वकै ‘ब्यागेज’ बोकेर ‘दुई लाइनको सङ्घर्ष’, ‘प्रतिवाद’ र ‘खोक्रो एकता’ जस्ता गतिविधिमा लाग्नुको कुनै अर्थ नभएको उनको तर्क छ ।
तीन महिनाको छोटो अवधिमा पार्टीलाई लयमा फर्काएको दाबी गर्दै ज्ञवालीले अबको सम्पूर्ण ऊर्जा लोकतन्त्र बहाली, संविधान रक्षा, स्थिरता, सुशासन र समृद्धिको यात्रामा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
यसैगरी, नेता ज्ञवालीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजतन्त्र पुनर्स्थापना हुन सक्ने आशयको अभिव्यक्ति दिएको भन्दै आश्चर्य प्रकट गरेका छन् । 'पूर्व राष्ट्रपतिज्यूले राजतन्त्र पुनर्स्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो,' ज्ञवालीले लेखेका छन्, 'आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला?'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण