रिलायन्स स्पिनिङ मिल्सको आईपीओ ४० मिनेटमै ‘ओभर सब्सक्राइभ’
सारांश
- रिलाइन्स स्पिनिङ मिल्सको आईपीओ ४० मिनेटमै ओभर सब्सक्राइब्ड भयो।
- कम्पनीले ९ लाख २४ हजार ७६८ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।
- आईपीओका लागि आवेदन दिने अवधि पुस ७ देखि ११ गतेसम्म तोकिएको थियो।
काठमाडौँ । रिलाइन्स स्पिनिङ मिल्सको आईपीओ खुलेको ४० मिनेटमै ‘ओभर सब्सक्राइभ’ भएको छ । कम्पनीले सोमबारदेखि आम सर्वसाधारणको लागि ९ लाख २४ हजार ७६८ कित्ता सेयर बिक्री खुला गरेको थियो ।
१० बजेदेखि खुलेको आईपीओमा ४० मिनेटमै ११ लाख ५६ हजार ४८० कित्ताको लागि आवेदन परेको थियो । यस क्रममा २१ हजार ९५३ आवेदक आवेदन दिएको जनाइएको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब ९० लाखको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता सेयर निष्काशन गरेको थियो ।
पहिलो चरणमा ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई खुलाएको त्यो सेयर यसअघि नै बाँडफाँट भइसकेको छ ।
साधारण समूहमा निष्काशन हुने ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार ९६० कित्तामध्ये वैदेशिक रोजगारमा रहेका, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याइएकोमा त्यो पनि बाँडफाँट भइसकेको छ ।
रहेको ९ लाख २४ हजार ७६८ कित्ता आम सर्वसाधारणका लागि खुलेको हो ।
अहिले सर्वसाधारणको हिस्साको यो आईपीओको लागि आवेदन दिने अवधि पुस ७ देखि ११ सम्म तोकिएको छ । तर सब्सक्राइब भइसकेकोले अब समय लम्बिने सम्भावना नरहेको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण