नेपाल बार एशोसिएशनले मनायो ७०औँ स्थापना दिवस
सोमबार, ०७ पुस २०८२, १३ : ३५
सारांश
- नेपाल बार एशोसिएशनले आफ्नो ७०औँ स्थापना दिवस मनायो।
- बार परिसरमा पहिलो बार कार्यसमिति सदस्यहरूको तस्वीरमा माल्यार्पण गरिएको थियो।
- अध्यक्ष डा. विजयप्रसाद मिश्रले देशभरका कार्यालयहरूमा बार दिवस मनाइएको जानकारी दिए।
काठमाडौँ । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७०औँ स्थापना दिवस मनाएको छ ।
दिवसका अवसरमा सोमबार बार परिसर रामशाहपथमा पहिलो बार कार्यसमितिमा रहेका कार्यसमिति सदस्यहरुको तस्वीरमा माल्र्यापण गरेर बार डे मनाइएको हो । कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत लगाएत माल्र्यापण कार्यक्रममा सहभागी भएका थिए ।
बार एसोसिएशनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले बार दिवस–२०८२ बिभिन्न कार्यक्रमको आयोजना गरि देशैभरका कार्यालयहरुमा मनाइएको जानकारी दिए । उनले नेपालको न्यायापालीकालाई स्वच्छ, निष्पक्षका साथै मुलुकमा संविधानबाद स्थापनाका लागि बार सदैव तत्पर रहेको बताए ।
२०१३ साल पुस ७ गते स्थापना भएको बार एशोसिएशनले प्रत्येक वर्ष पुस ७ गते बार डे मनाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण