सेतो कि रातो ? स्वाद र स्वास्थ्यका लागि कुन आलु उत्तम
सारांश
- बजारमा नयाँ आलुको चहलपहल बढ्न थालेको छ, जसमा रातो र सेतो आलुको चर्चा छ।
- रातो आलुमा एन्टीअक्सिडेन्ट र फाइबर बढी हुने र सेतो आलु कार्बोहाइड्रेट र पोटासियमको स्रोत हो।
- रातो आलु स्वादिलो हुने र सेतो आलु दैनिक तरकारीको लागि उपयुक्त हुने स्वास्थ्य विशेषज्ञको भनाइ छ।
काठमाडौँ । बजारमा यतिबेला नयाँ आलुको चहलपहल बढ्न थालेको छ। विशेषगरी जाडो मौसम सुरु भएसँगै पहाडी भेग र तराईका विभिन्न क्षेत्रबाट ताजा आलु भित्रिरहेका छन्।
अहिले बजारमा सेतो आलुको माग बढी देखिए पनि रातो आलुले आफ्नै विशिष्ट गुणका कारण उपभोक्ताको ध्यान खिचिरहेको छ। उपभोक्ताहरू स्वाद र पोषणका आधारमा यी दुईमध्ये कुन रोज्ने भन्ने दोधारमा देखिन्छन्।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार जाडो मौसममा दुवै थरीका आलु शरीरका लागि फाइदाजनक छन्, तर पोषणको हिसाबले रातो आलु केही मात्रामा अगाडि देखिन्छ। रातो आलुमा एन्टी–अक्सिडेन्ट्स र फाइबरको मात्रा सेतो आलुको तुलनामा बढी हुन्छ।
यसमा पाइने ‘एन्थोसियानिन’ नामक तत्त्वले नै यसलाई रातो रङ दिन्छ, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन र रुघाखोकीबाट बचाउन मद्दत गर्छ। यसका साथै रातो आलुमा पाइने भिटामिन 'सी' ले शरीरको सुन्निने समस्या कम गर्न र पाचन प्रणालीलाई सुधार्न सहयोग पुर्याउँछ।
अर्कोतर्फ, सेतो आलु कार्बोहाइड्रेट र पोटासियमको मुख्य स्रोत हो। यसले शरीरलाई तुरुन्त ऊर्जा प्रदान गर्नुका साथै जाडोमा शरीरलाई न्यानो राख्न मद्दत गर्छ। सेतो आलुमा पाइने भिटामिन बी६ र सी मुटुको स्वास्थ्य र रक्तचाप नियन्त्रणका लागि लाभदायक मानिन्छ।
स्वादको कुरा गर्दा रातो आलु पाकेपछि अलि गुलियो र क्रिमी हुने भएकाले सलाद वा रोस्ट गर्नका लागि बढी प्रयोग गरिन्छ भने सेतो आलु दैनिक तरकारी, पराठा र आलु दमका लागि बढी उपयुक्त मानिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण