युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध
मङ्गलबार, ०८ पुस २०८२, १३ : ३८
सारांश
- ईयूले रुसी न्यायपालिकाका दुई सदस्यमाथि प्रतिबन्ध लगाएको छ।
- दिमित्री गोर्डेयेभ र ल्युडमिला बालान्डिनामाथि ईयूमा प्रवेश र सम्पत्ति प्रयोगमा रोक लगाइएको छ।
- उनीहरु घोर मानव अधिकार उल्लङ्घन र लोकतन्त्रको अवमूल्यनमा संलग्न थिए।
जुरिच । युरोपेली सङ्घ (ईयू) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि प्रतिबन्ध लगाएको छ ।
युरोपियन युनियनका सदस्य राष्ट्रहरूले दिमित्री गोर्डेयेभ र ल्युडमिला बालान्डिनामाथि प्रतिबन्ध लगाएको एक विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रतिबन्धहरू अन्तर्गत, रूसी न्यायपालिकाका दुई सदस्यहरूलाई ईयूमा प्रवेश गर्न वा यसको सदस्य राष्ट्रहरूमा रहेको सम्पत्ति प्रयोग गर्न प्रतिबन्ध लगाइएको जनाइएको छ ।
ईयूको विज्ञप्तिका अनुसार यी दुई व्यक्तिहरूले घोर मानव अधिकार उल्लङ्घन, नागरिक समाज र लोकतान्त्रिको पद्धतीको दमन र लोकतन्त्रको अवमूल्यनका लागि जिम्मेवार रहेकाले उनीहरुलाई प्रतिबन्द लगाइएको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण